अष्ट्रेलियाबाट नयाँ दशैं गीत ‘आयो रे आयो’

0
1181

काठमाडौं । अष्ट्रेलियाबाट नयाँ दशैं गीत रिलिज भएको छ । अष्ट्रेलियामा रहेका चार जना नेपाली संगीतकर्मीको ब्याण्ड ‘र्याडस्टुडियो’ ले नयाँ दसैँ गीत ल्याएको हो । अष्ट्रेलियाबाट दसैँको कोसेली स्वरुप ब्याण्डले तयार पारेको गीत म्यूजिक भिडियो सहित युट्युबाट सार्वजनिक गरिएको हो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseलोक पप शैलीको आयो रे आयो…’ बोलको गीती भिडियोको छायांकन नेपाल र अष्ट्रेलियामा गरिएको छ । एकतारेको शब्दलाई ‘र्याडस्टुडियो’ ब्याण्डले नै संगीत भरेको हो । सन् २०१४ मा सिड्नीमा बसोबास गरिरहेका नेपाली युवा संगीतकर्मीहरुले स्थापना गरेको र्याडस्टुडियोमा राजेश घिमिरे (भोकल तथा बास गिटार), अनुज श्रेष्ठ (ड्रम तथा पार्कुसन), धर्मेन्द्र माली (गिटार) तथा सरोज परियार (किबोर्ड तथा भोकल) मा छन् ।

निकेश खड्काद्वारा निर्देशित भिडियोमा ब्याण्डका संगीतकर्मीसँगै मोडलद्वय ज्योत्सना योगी तथा जोर्डनको अभिनय रहेको छ ।

दशैंमा शहरबाट आफ्नो घर फर्केकी उक युवतीको कथा भिडियोमा छ ।

https://www.youtube.com/watch?v=kp23FmQLDc0