पाथीभरा श्रद्धाश्रमका लागि अष्ट्रेलियाको मेलबर्नबाट ३६ हजार डलर संकलन

0
413

मेलबर्न । नेपालको मोरङ विराटनगरमा एनआरएन अष्ट्रेलियाले निर्माण गर्न लागेको पाथीभरा श्रद्धाश्रमका लागि मेलबर्नबाट ३६ हजार डलर सहयोग हुने भएको छ ।

विभिन्न सांस्कृतिक कार्यक्रमसहित मेलबर्नमा आयोजना गरिएको च्यारिटी डिनर साँझबाट ३६ हजार डलरको प्रतिबद्धता आएको हो ।

शनिबार स्थानीय थनबरीस्थित ह्वाईट रोज फंक्सन सेन्टरमा आयोजना गरिएको परोपकारी डिनर कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले आफ्नो सहयोग १० लाख बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघि उहाँले ३ लाख सहयोग गरिसक्नुभएको थियो ।

यसैगरी कार्यक्रमअघि नै पाथीभरा श्रद्धाश्रमका लागि सहयोग गर्ने घोषणा गर्नुभएका बम योञ्जन र डम्बरी योञ्जनबाट १ लाख ६५ हजार, जोग लिम्बु र निला लिम्बुले एक लाख ५० हजार, डा. चन्द्रदिपक पोखरेल र निर्मला पोखरेलबाट एक लाख ५० हजार, महेन्द्र कार्की र कमला कार्कीबाट एक लाख, दुर्गा आचार्य र भेष पौडेलबाट एक लाख, हेम तामाङबाट एक लाख, सचिन योञ्जनबाट एक लाख, नेत्र पौडेल र माया तिम्सिनाबाट एक लाख, एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोतानेबाट एक लाख, प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष कृष्ण न्यौपाने र अनिता ओलीबाट एक लाख, ज्ञानेन्द्र बस्नेतबाट एक लाख सहयोगसहित उपस्थित अधिकांशले सहयोग गरेका थिए । सबैको सहयोगबाट ३६ हजार डलर संकलन गर्न सफल भएको कार्यक्रमका संयोजक महेन्द्र कार्कीले जानकारी दिनुभयो । एक लाख सहयोग गर्नेहरुमा ११ वर्षीय अवि कार्की समेत थिए ।

tonnu-ghothaneकार्यक्रममा नेपाली काँग्रेसका पूर्वसचेतक लक्ष्मणप्रसाद घिमिरेको समेत उपस्थिति रहेको थियो । उहाँले एनआरएनले नेपालका लागि गरिरहेको सहयोग अतुलनीय भएकोबताउनुभयो ।

कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जनले आफू लगायत भिक्टोरियावासी यो परियोजना छिटोभन्दा छिटो निर्माण सम्पन्न भएको हेर्न आतुर रहेको बताउनुभयो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twggएनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले यसै वर्षभित्र पाथीभरा परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
उक्त अवसरमा कलाकारहरु सनम पोखरेल र विपा पोखरेल, गायक अशोक खतिवडाले विभिन्न प्रस्तुति दिएका थिए ।

१० लाख सहयोग गर्ने व्यक्तिले ईच्छाएको व्यक्तिका नाममा श्रद्धाश्रममा एउटा कोठाको नामाकरण गर्ने योजना रहेको खबर एमएनटिभीले प्रकाशन गरेको छ ।