अष्ट्रेलियाको मेलबर्नमा रामजी खाँड र रमिला न्यौपानेले दोहोरी घन्काउँने

0
829

मेलबर्न । तपाई नेपाली लोक दोहोरीका पारखी हुनुहुन्छ भने यो समाचार पढेर पक्कै पनि नाच्न थाल्नुहुनेछ । नभए पनि खुशीले जरुर मुस्कुराउँनुहुनेछ । किनभने अष्ष्ट्रेलियाको मेलबर्नमा फेरि एकपटक लोक दोहोरी घन्किने भएको छ । त्यही पनि नेपाली लोक दोहोरी गायन क्षेत्रका सुपरस्टार गायक गायिकाको साथमा ।

यस वर्षको दशैं तिहारको अवसरमा मेलबर्नमा आयोजना हुन लागेको दशैं तिहार शुभ कामना साँझमा सहभागी हुन नेपालबाट चर्चित लोक गायक रामजी खाँडको साथमा लोकगायिका रमिला न्यौपाने र अर्का गायक विराज थापा आउने भएका छन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twggहिमाली कल्चरल ग्रुपले आयोजना गर्ने यो कार्यक्रमलाई कँडेल कन्सलट्यान्सीले प्रायोजन गर्दैछ । यो कार्यक्रम आगामी नोभेम्वर १४ मा स्थानीय इष्टोनियन हाउसमा हुनेछ ।

धेरै भन्दा धेरै दर्शक र लोक दोहोरीका पारखीहरु सहभागी बन्न सकून् भन्ने उदेश्यले टिकट मूल्य पनि १० डलर मात्र राखिएको आयोजक हिमाली कल्चरल ग्रुप मेलबर्नले जनाएको छ ।

मेलबर्नमा नेपाली लोक नृत्य सहित सहित विभिन्न शैलीका नृत्य प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएको हिमाली कल्चरल ग्रुपले आयोजना गर्ने यो कार्यक्रममा स्थानीय कलाकारहरुको आकर्षक नृत्यका प्रस्तुतिहरु समेत रहनेछन् ।

dashai