अष्ट्रेलियामा डिभोर्स गर्नु अघि थाहा पाउँनुपर्ने आठ कुराहरु

0
1011

मेलबर्न । यसपटक अष्ट्रेलियाको फ्यामिली ल’ को सेरोफेरोका जिज्ञासाहरुलाई यहाँ समेट्दैछौं । पारिवारिक कलह, घरेलु हिंसा वा सुझबुझमा नै हुने डिभोर्स वा त्यसले निम्त्याउने सम्पत्ति बाँडफाँड र बालबच्चाको रेखदेख । यी साह्रै पीडादायी र असहज काम हुन् । यस्ता कुरालाई राम्रोसँग मिलान गर्न नसक्दा, कानुनी झन्झट, घरेलु हिंसा र नाबालक सन्तानमा पर्ने असर अझ बढ्न सक्छ ।

१.अष्ट्रेलियामा डिभोर्स गर्न के म पीआर वा यहाँको सिटिजन हुनुपर्छ ? 

पर्दैन । साधारणतया दुई जनामध्ये एकजना अष्ट्रेलियामा एक वर्ष बस्नुभएको छ भने पनि पीआर वा सिटिजन भैनसकेका भिसा होल्डरले पनि डिभोर्सको प्रक्रिया सुरु गर्न सक्छन् ।

२. डिभोर्स गर्न के श्रीमानरश्रीमती दुवैजना अस्ट्रेलियामै हुनुपर्छ ?

पर्दैन । पीआर, सिटिजन वा माथि भनेझैं अरु भिसामा अस्ट्रेलियामा हुनुहुन्छ भने तपाईंको अर्को पार्टनर अर्कै देश वा नेपालमै हुनुहुन्छ भने पनि तपाईं यहाँको अदालतमा डिभोर्सका लागि निवेदन दिन सक्नुहुन्छ ।

३. डिभोर्स गर्न दुवैजना राजी हुनुपर्छ र ? 

पर्दैन ।

४ . डिभोर्स गर्न अघि श्रीमान—श्रीमतीका बीचमा सम्पत्तिको बाँडफाँड भैसक्नुपर्छ या यो प्रक्रियाका बेला अदालतले त्यसका बारेमा पनि फैसला गर्छ ? 

साधारणतयाः डिभोर्सलाई सम्पत्ति बाँडफाँडभन्दा छुट्याएर काम गर्न सम्भव छ । दुवैका बीचमा समझदारी भयो भने यो सँगै लग्न सम्भव छ । नत्र सम्पत्ति बाँडफाँडको कुरालाई थाती राखेर डिभोर्सको कुरा अगाडि बढाउन मिल्छ । अर्को पक्षले यो कुरा मानेन भने पनि एकले डिभोर्सको प्रक्रिया अगाडि बढाउन सक्छ । डिभोर्स भइसकेपछि भने त्यो मिति देखिन मिलेर सम्पत्ति बाँडफाँड गर्ने नत्र भने डिभोर्स भएको एक वर्षभित्रमा यसका लागि अदालतमा निवेदन दिई सक्नुपर्छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg५.बच्चाबच्चीको कारणले डिभोर्समा ढिलाइ वा अप्ठ्यारो पर्छ कि ? 

यदि बालबच्चा १८ वर्षमुनिका छन् भने डिभोर्स दिनुअघि अदालत उनीहरुको वेलफेयरमा सन्तुष्ट हुनुपर्छ । तर, कसले रेखदेख गर्ने या श्रीमान÷श्रीमतीमध्ये कसले राख्नेरु कुन दिन या कुन समय कता या कसकोमा बिताउने यस्ता विस्तृत कुरा अदालतले डिभोर्स मात्रैको फैसलाका बेला खास हेर्दैन । यी कुरा दुई जनाको समझदारीमै सल्टाउन सकिन्छ नत्र पछि पनि वकिल वा अदालतको सहयोगमा एउटा टुंगोमा पुग्न सकिन्छ ।

६. के अदालतले श्रीमान श्रीमतीको डिभोर्समा कसको गल्ती भन्ने हेर्छरु यस कुराले आफूले पाउने सम्पत्तिमा फरक पर्छ कि ?

अन्य केही देशमा यो कुराले माने राख्ला, अस्ट्रेलियाको हकमा यस कुराले खासै फरक पार्दैन ।

७.डिभोर्स माग्न के एक वर्ष छुट्टिनु नै पर्छ या कुर्नैपर्छरु घरेलु हिंसाको हकमा यो समय कम गर्न मिल्छ कि ?

यस सवालमा कानुन लचक छैन । घरेलु हिंसाकै हकमा पनि एक वर्ष छुट्टै बस्न आवश्यक पर्छ ।

८.छुट्टिएर बसेको कति पछि या डिभोर्स भएको कति पछि फेरि विवाह गर्न मिल्छ  ?

छुट्टै बसेको १२ महिना भएपछि डिभोर्सको लागि निवेदन हाल्न मिल्छ अनि डिभोर्स सुनुवाइको दिन ९यदि अदालतले डिभोर्स दियो भने० बाट एक महिना अनि एक दिनपछि मात्र अर्को विवाह गर्न मिल्छ । अन्याथा त्यो विवाह गैरकानुनी मानिन्छ ।

(अष्ट्रेलियामा बेनिफिट लिगलसँग आवद्ध सोलिसिटर भरत पोखरेलले नेपालीपत्रका लागि केही समय अघि दिनुभएको जवाफ हो यो । हिमालयन कङ्गारुका पाठकहरुका लागि पनि उपयोगी हुने आशामा यसलाई हामीले पुनः साभार गरेका हौं ।)