अष्ट्रेलियाको मेलबर्नमा चितवन समाजले दशैं तिहार क्रुज पार्टी गर्ने

0
436

मेलबर्न । यसपटकको दशैं तिहार पर्वलाई अझ विशेष र यादगार बनाउँन चाहनुहुन्छ भने क्रुज पार्टी उपयुक्र्त विकल्प हुन सक्छ । साथीभाइ र आफन्तसँग समुद्रको सफर,गीत संगीतको साथमा मनपर्ने खानाहरु,रमाइलोका लागि यति भएपछि अरु के चाहियो र ?

यही कुरालाई मनन गर्दै चितवन समाज भिक्टोरियाले यसपटकको दशैं तिहारको अवसरमा भव्य क्रुज पार्टीको आयोजना गर्ने तयारी गरेको छ । आगामी अक्टुबर ९ तारिख आइतवार हुने क्रु पार्टीमा लाइभ म्यूजिक,म्यूजिक डान्स,डिजेमिक्स,नेपाली खाना प्रमुख आकर्षणका रुपमा रहनेछन् । करिब ४ घण्टाको समुद्र यात्रालाई अविस्मरणीय बनाउँन चाहनुहुन्छ भने यो क्रुज पार्टी झनै छुटाउँनै नहुनेछ । किनभने पार्टीमा सहभागी हुनेहरुको लागि निशुल्क प्रोफेसनल फोटोग्राफरबाट फोटो सेसनको समेत व्यवस्था गरिएको छ ।

twgg-advertiseपार्टीमा सहभागी हुनका लागि ६० डलरको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । पार्टीको झण्डै ७० प्रतिशत टिकट बुक भैसकेकोले छिट्टै आफ्नो सिट सुरक्षित बनाउँने उपाय अपनाउँन अर्थात टिकट बुकिङ गराइहाल्न आयोजक चितवन समाजले अनुरोध गरेको छ ।

यो ग्राण्ड पार्टीलाई अष्ट्रेलियाको शैक्षिक तथा माइग्रेशन कानून सम्बन्धी भरपर्दो सेवा प्रदान गर्दै आएको TWGG एडुकेशन एण्ड माइग्रेशन प्रालिले प्रायोजन गरेको छ । यस्तै हिमालयन कङ्गारु डट कमले मिडिया पार्टनरसीप गरेको छ ।