अष्ट्रेलियाको मेलबर्नमा कलाकार र मोडल बन्ने अवसर

0
362

मेलबर्न । मेलबर्नमा रहेका नेपाली प्रतिभाहरुका लागि खुशीको खबर छ । सयौं दर्शकहरुकाबीच आफ्नो नृत्य कोशलता प्रदर्शन गर्ने र मोडल बनेर र्याम्पमा हिड्ने सपना देख्नेहरुको सपना साकार हुँदैछ ।

मेलबर्नमा हुन लागेको नेपालको कला,संस्कृति र पर्यटनको प्रवद्र्धनात्मक कार्यक्रम नेपाल फेष्टिबल २०१६ का लागि मेलबर्नमा कलाकार र मोडलहरुको अडिसन लिइने भएको छ । यसका लागि इच्छुक जोसुकै नेपाली प्रतिभाहरुले सहभागीता जनाउँन सक्ने बताइएको छ । अडिसनबाट छानिएकाहरुले नेपाल फेष्टिबलको विशाल र गरिमामय स्टेजमा उत्रने अवसर पाउँनेछन् ।

अष्ट्रेलियाका विभिन्न शहरमा हुन लागेको नेपाल फेष्टिबलको आयोजना एनआरएनए अष्ट्रेलियाले गर्दैछ । कल्चरल र फेसन शोका लागि अडिसन दिन चाहनेहरुले इमेल मार्फत आफ्नो बायोडाटा पठाउँन सक्नेछन् । अथवा सीधै फोन मार्फत सम्पर्क गर्न सकिने व्यवस्था पनि मिलाइएको छ । सम्पर्क व्यक्ति र सम्पर्क नम्बर तलको पोष्टरमा उल्लेख गरिएको छ ।

अडिसन कार्यक्रम यही सेप्टेम्वर २४ र २५ मा मेलबर्नस्थित मल्टीकल्चरल हबमा विहान ११ बजेदेखि अपरान्ह १ः३० बजेसम्म हुनेछ ।

nepal-festival