यसपाली दशैं तिहारमा अष्ट्रेलियाको मेलबर्नमा लोक दोहोरी घन्किने

0
896

मेलबर्न । पछिल्लो समय अष्ट्रेलियामा नेपाली लोक दोहोरीप्रतिको आकर्षण बढ्दो छ । त्यसैले यहाँका विभिन्न शहरमा बेलाबेलामा लोक दोहोरी कार्यक्रमहरु हुन थालेका छन् ।

त्यही क्रमलाई निरन्तरता दिदै मेलबर्नमा फेरि लोक दोहोरीमय सांगीतिक कार्यक्रम हुने भएको छ । नेपालीहरुको दुई ठूला चाड दशैं र तिहारको अवसरमा मेलबर्नमा दशैं तिहार शुभकामना साँझ कार्यक्रम आयोजना हुन लागेको हो ।

आगामी नोभेम्वर १४ मा हुने कार्यक्रममा नेपाली लोक दोहोरी क्षेत्रका नम्बर एक गायक रामजी खाँडको साथमा चर्चित गायिका रमिला न्यौपाने र गायक विराज थापाको प्रस्तुति रहनेछन् ।

यो कार्यक्रमलाई हिमाली कल्चरल ग्रुपले आयोजना गर्न लागेको हो ।