सेप्टेम्वर ८ मा अर्यान सिग्देल अष्ट्रेलियाको मेलबर्न आउँने

0
390

मेलबर्न । नेपाली फिल्मका नायक अर्यान सिग्देल मेलबर्नमा आउँदैछन् । हाल अष्ट्रेलियामा रहेका अर्यान यही सेप्टेम्वर ८ मा मेलबर्नमा हुन लागेको उनको फिल्म क्लासिकको विशेष शोका लागि मेलबर्न आउँन लागेका हुन् ।

नेपालमा निकै रुचाइएको फिल्म क्लासिक अर्यान आफैंंले निर्माण गरेका हुन् । मेलबर्नमा यो फिल्मलाई खड्का एण्ड सन्सको व्यवस्थापनमा प्रदर्शन गर्न लागिएको हो । मेलबर्नस्थित भिलेज सिनेमा क्राउन क्यासिनोको हलमा साँझ ६ः३० बजे हुने यो फिल्मको प्रदर्शनपछि सोही दिन राति ९ बजे नायक अर्यानसँग मीट एण्ड ग्रीटमा विशेष साक्षाकार कार्यक्रम हुनेछ ।

फिल्म क्लासिकमा नायिका नम्रता श्रेष्ठको पनि अभिनय छ । यही फिल्मबाट नम्रताले यो वर्ष ३ वटा फिल्म अवार्डहरु जितेकी छिन् ।