देश भावनाले चल्दैन–जोयालाई फूलमाला होइन हत्कडी लगाऊ

0
3610

–लक्ष्मण गौतम

जोया भाग्यमानी रहेछिन्,अबैधानिक रुपमा नेपाल बस्दा पनि फूलमाला लगाएर आफ्नो देश जाने सौभाग्य पाईन् । युरोप वा अमेरिकातिर हुन्थिन भने हत्कड़ी लगाएर जहाजसम्म जानु पथ्र्याे ! अहिले जोयाको समाचारले सामाजिक संजाल तताएको छ । धेरैले जोयाको पक्षमा समाचार र स्टाटस लेखेका छन् !

हामी नेपाली सधै यसैगरी भावनामा बहकिन्छौ ! तर नेपाल बस्न पाउने वा नेपाली नागरिकता पाउने दायरा संबिधानले प्रष्टसंग तोकेको अवस्थामा जोया कसरी नेपाल बस्न पाउछिन् ? जोयाले नियम,प्रकृया पुरा नगरिकन कसरी नेपाली नागरिकता पाउन सक्छिन् ? उनको नेपाल बस्ने भिषा छैन,बिवाह दर्ता पनि भएको छैन । उनको प्रेमी भनेको व्यक्तिले पनि उनलाई छाडेको अवस्था छ भने कुन कानूनले उनलाई नेपालमा राख्न मिल्छ ?

६० लाख युवा बिदेशमा छन्,अब यसै गरी सबैले विदेशीलाई भँुडी बोकाउदै नेपाल ल्याउँछन् भने कानुनी प्रकृया नै नपुर्याई सबैलाई नेपाली नागरिकता दिदै जाने ? नेपाली नागरिकता कसरी र केका आधारमा लिन पाईन्छ भनेर संबिधानले प्रष्टसंग भनेको छैन र ? कि देश भावनामा चल्छ ? के कुनै नेपाली चेलीले भुँडी बोकेर युरोप,अमेरिकातिर बच्चा जन्माउँछन् भने उनीहरुले युरोपेली वा अमेरिकी नागरिकता पाउछन् ? उत्तर सबैलाई थाहा छ–अहँ पाउदैनन् !

laxmanम बेलायत बस्ने भएकाले म बेलायतकै कुरा गर्छु ! यहाँ यदि कुनै बेलायतीले बिदेशी महिलासंग बिवाह गर्छ भने उसले आफ्नो श्रीमतीलाई बेलायत ल्याउन पनि बार्षिक २२ हजार ५०० कमाउने जागिर गर्नुपर्छ र कर तिरेको हुनुपर्छ ! उसले मेरी श्रीमतीलाई म पाल्न सक्छु भन्ने आधार पेश गरेपछि मात्र उसको श्रीमती आफ्नो लोग्नेको डिपेन्डेण्ट भिषामा बेलायत आउँन पाउछिन् । अनि बेलायतमा २ बर्ष संगै बसे पछि लाईफ ईन युके टेस्ट पास गर्नुपर्छ । अनि मात्र उसको श्रीमती ले पिआर लिन सक्छिन् र पिआर लिएको ५ बर्ष पछि मात्र ब्रिटिस पासपोट लिन सक्छिन् !

जोयाको सन्दर्भमा उनको नेपालमा बिवाह दर्ता पनि भएको छैन, नेपालमा बस्ने भिषा पनि छैन । उनको श्रीमान भनिएको केटाले उनलाई छाडेको अवस्था छ ! यदि जोया बेलायतमा हुन्थिन् भने बेलायत सरकारले उनलाई फूलमाला होईन हत्कड़ी लगाएर जहाजसम्म पुराउथ्यो ।

यसर्थ नेपालको सन्दर्भमा म जोयालाई भाग्यमानी ठान्छु । जसले यदि धेरै ईज्जतका साथ आफ्नो देश फर्कने अवसर प्राप्त गरिन् !