अष्ट्रेलियाको सिड्नीमा मोडलद्धय तमन्ना र कमलको सम्बन्धको चर्चा

0
1380

मेलबर्न । अष्ट्रेलिया निवासी मोडलद्धय तमन्ना शर्मा र कमल सिलवाल यतिखेर एकअर्काको सम्बन्धको अर्थ खोज्नमा व्यस्त छन् ।

लोकप्रिय गायक कर्णदासको नयाँ एल्बम एउटा नयाँ आशामा समावेश तिम्रो मेरो सम्बन्धको म्यूजिक भिडियोका लागि तमन्ना र कमलको सम्बन्धको चर्चा हुन थालेको हो । अष्ट्रेलियाबाटै सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको यस गीतको म्यूजिक भिडियोको सिड्नी लगायतका विभिन्न आकर्षक स्थलहरुमा छायांकन गरिएको छ ।

sambandhaभिडियोमा अशोक तिमल्सिनाको परिकल्पना र निर्देशन रहेको छ भने टेक बयलकोटी र रवि कँडेलले छायाँकन गरेका छन् । यो गीतमा गायिका अञ्जु पन्तको पनि स्वर समावेश छ । सिल्भरस्क्रिन प्रोडक्सनले तयार पारिरहेको यो गीतको म्यूजिक भिडियोमा बालकलाकार अकिसा तिमिल्सनाले पनि अभिनय गरेकी छिन् । ट्टै सम्पूर्ण कार्य सकाएर अष्ट्रेलिया र नेपाल सहित विश्वव्यापी रुपमा यो म्यूजिक भिडियो सार्वजनिक गरिने निर्माण यूनिटले जनाएको छ ।