
मेलबर्न । केही दिन यताको अविरल वर्षाका कारण डुवानमा परेको नेपालको सप्तरी जिल्लाका बाढी पीडितहरुको लागि सहयोग जुटाउन मेलबर्नमा अभियान थालिएको छ ।
सप्तरी निड्स यू नाम दिएर नेपाली भाषा, संस्कृति जगेर्ना गर्न मेलबर्नमा क्रियाशील संस्था सोलाङचरले यो अभियान सुरु गरेको हो । अभियानका अभियन्तामध्येका एक राजु शाक्यले प्राप्त हुने सहयोगलाइ डुवानका कारण घरबारविहीन भएर जंगलमा बस्न बाध्य नेपालीहरुको लागि पठाइने जानकारी दिनुभयो । मेलबर्नमा संकलन भएको रकमले अत्यावश्यक सामान, टेन्ट, औषधि खाना लगायत किनेर त्यहाँ पठाउने योजना रहेको पनि उहाँले बताउँनुभयो ।
यो सहयोगलाई हाल अष्ट्रेलियामा रहेका गायक रोहितजोन क्षेत्रीले आफैं सप्तरी पुगेर हस्तान्तरण गर्ने पनि शाक्यले जानकारी दिनुभयो ।
सहयोग रकम राजु शाक्यको वेष्टप्याक बैंकमा रहेको खाता नम्बर ७३३०००७६६३४६ मा जम्मा गर्न सकिनेछ । दाताहरुको नामावली सार्वजनिक गर्दै सहयोग बाढी पीडितहरुसम्म पारदर्शी ढंगमा पठाउने तयारी भएको शाक्यले बताउँनुभयो ।