अष्ट्रेलियामा घर जग्गाको मूल्य घट्ने

0
1469

मेलबर्न । अष्ट्रेलियामा घर जग्गाको मूल्यमा भारी गिरावाट आउँने बताइएको छ ।

अष्ट्रेलियाको प्रमुख अर्थ तथा निर्माण सम्बन्धी पूर्वानुमान गर्ने एजेन्सीले आगामी तीन वर्षसम्मा घर जग्गाको मूल्यमा निकै गिरावाट आउँने जनाएको हो । बजारको पछिल्लो सर्वेक्षण सार्वजनिक गर्ने क्रममा विआइएस श्रापनल नामक उक्त एजेन्सीले आगामी ३ वर्ष भित्रमा अष्ट्रेलियाका प्रमुख शहरहरुमै घर जग्गाको मूल्यमा १ देखि १२ प्रतिशतसम्म गिरावाट आउँनसक्ने जनाएको छ ।

अष्ट्रेलियाको दुई प्रमुख आर्थिक शहर सिड्नी र मेलबर्नमा गरिएको सर्वेक्षणपछि यस्तो पूर्वानुमान सार्वजनिक गरिएको हो । उक्त एजेन्सीका अनुसार सिड्नीमा करिब १ देखि ९ प्रतिशतसम्म गिरावाट आउँनसक्नेछ । यस्तै मेलबर्नमा पनि त्यही अनुपातमा घर जग्गाको मूल्यमा कमी आउँनेसक्ने उसको अनुमान छ ।

दुवै शहरमा बढेको अप्रावासीहरुको संख्यासँगै घर र अपार्टमेन्टहरुको निर्माण क्रम पनि ह्वात्तै बढेको छ ।

Image : abc.net.au