अमेरिका र अष्ट्रेलियाका युनिभर्सिटीहरुमा आफैंले यसरी प्रोसेस गर्नुहोस्

0
8985

–प्रदीप गिरि

अमेरिका हरेक नेपालीको सपनाको गन्तव्य हो । त्यही अमेरिका अहिले धेरै नेपाली विद्यार्थीहरुको पनि गन्तव्य बनेको छ । अझै पनि अमेरिकामा अध्ययनका लागि जान इच्छुक विद्यार्थीको संख्यामा कुनै कमी आएको छैन । यसका लागि जति पनि खर्चन तयार हुनेहरु पनि धेरै छन् ।

स्टुडेन्ट भिसामा नेपालबाट अमेरिका आउँन चाहनेहरुका लागि अहिलेको समय निकै उत्तम मानिएको छ । किनकि यतिखेर नेपाली विद्यार्थीहरुलाई पनि अमेरिकाले धमाधम भिसा दिइरहेको छ । यही बेला च्याउसरि खोलिएका कन्सल्ट्यान्सीहरुको समेत कमाइको सिजन बनेको छ ।

तर हामीले अलिकति मिहिनेत गर्यौं भने कन्सल्ट्यान्सीहरुलाई फोकटमा ठूलो रकम नबुझाइकन पनि अमेरिका,जापान र अष्ट्रेलिया लगायतका मुलुकहरुको युनिभर्सिटीमा सजिलै भर्ना पाउँन सक्छौं ।

त्यसका लागि शुरुमा एउटा इमेल आइडी बनाउँनुपर्छ । यसरी बनाइएको इमेल नियमित रुपमा चेक भने गरिरहनुपर्छ । किनभने यही इमेल आइडी नै सम्पूर्ण प्रोसेस गर्न चाहिने सञ्चारको सबैभन्दा महत्वपूर्ण कडी हो ।

pradip giriप्रोसेस गर्ने तरिका र प्रक्रियाहरु :

१. पहिला आफूले पढ्न चाहेको युनिभर्सिटीमा अनलाइनबाटै आवदेन भर्ने । त्यसैमा सम्पूर्ण कागजपत्र एट्याच गरेर स्क्यान गरी इमेल वा कुरियर मार्फत पठाउने । नपुगेको र छुटेको कागजपत्रको बारेमा उनीहरुले नै इमेल गरि जानकारी दिनेछन् । आइट्वान्टीको लागि नेपालको भरपर्दो ठेगाना पनि दिन नभुल्नुहोला ।

२. आइट्वान्टी हात परेपछि सर्भिस शुल्क तिर्नुपर्छ । त्यसको प्रक्रिया आइट्वान्टीसँगै पठाएको हुन्छ । त्यसपछि भिसा इन्टरभ्यूका लागि आवेदन भर्ने अनि इन्टरभ्यूको दिन तय गर्ने ।

३. इन्टरभ्य तयारीका नाममा कन्सल्ट्यान्सीहरुले हेरी हेरी दसदेखि पचास हजारसम्म लिने गरेका छन् । जुन वहियात खर्च हो । त्यो पचास हजार कमाउन विदेशमा निकै पसिना बगाउनुपर्छ ! इन्टरभ्यमा के सोध्छ भन्ने सबैलाई थाहा छ तर कसैलाई थाहा छैन पनि भने जस्तै हो । किन अमेरिका,अष्ट्रेलिया जाने, के पढ्ने, किन यो बिषय पढ्ने जस्ता प्रश्न अक्सर सबैलाई सोधिन्छ । अर्को तिर हरेकको अवस्था र स्थिति फरक हुन सक्छ । एउटालाई सोधेको जस्तै प्रश्न ठ्याक्कै अर्कोलाई पनि सोध्छन् भन्ने हुदैन ।

त्यसैले शुरुदेखि अन्तिम सम्म सबै आफै सहभागी भएर प्रोसेस गर्नु भयो भने त्यसले तपाईलाई इन्टरभ्यूका लागि पनि तयार पार्ने काम गर्छ । किनभने सबै प्रश्नहरुको जवाफ तपाईसँग हुन्छ । कति युािभर्सिटीले त आजकल आइट्वान्टीसँगै इन्टरभ्यूको प्रश्नहरुको लिष्ट पनि पाइदिन्छन् । यसबारेमा इन्टरनेटबाट पनि आवश्यक जानकारीहरु लिन सकिन्छ ।

अर्को महत्वपूर्ण कुरा, TOEFL/IELTS गर्नु भएको छैन वा Try गर्दा पनि फेल हुनु भयो भने हरेश नखानुहोस् । धेरै युनिभर्सिटीहरु यस्ता पनि छन् जसले बिना TOEFL/IELTS भर्ना लिन्छन् । Saginaw Valley State University, Texas Wesleyan university, Dallas Baptist University केहि अमेरिकी उदाहण हुन् ।

-अमेरिका