नेपाल महोत्सवलाई भव्य बनाउँन नेपथ्य ब्याण्ड अष्ट्रेलिया आउँने

0
1109

मेलबर्न। नेपालको चर्चित सांगीतिक व्याण्ड यो वर्ष पनि अष्ट्रेलिया आउँने भएको छ ।

एनआरएन अष्ट्रेलियाले आगामी नोभेम्बरमा मनाउन लागेको नेपाल महोत्सवलाई भब्य बनाउन नेपथ्य ब्यान्ड आउने तय भएको हो ।

एनआरएन अष्ट्रेलियाको आयोजनामा हुँदै आएको यो महोत्सव नेपाल चिनाउने महोत्सवका रूपमा समेत परिचित छ । यो कार्यक्रम यो वर्ष अष्ट्रेलियाका प्रमुख शहरहरु सीड्नी , ब्रिसबेन र मेलवर्नमा आयोजना गरिने भएको छ । यसका लागि सम्वन्धित राज्यका एनआरएन संयोजकहरुलाई जिम्मेवारी तोकेको छ ।

एनआरएन अष्ट्रेलियाको प्रमुख कार्यक्रमका रूपमा रहेको यस महोत्सवमा करिब पचास हजार नेपालीका साथै लाखौ बिदशीहरुको सहभागिता रहने अनुमान गरिएको छ । ब्रिसबेनमा नोभेम्बर १२ मा शुरु हुने यो कार्यक्रम सिड्नीमा नोभेम्बर २६ र मेलवर्नमा डिसेम्बरमा आयोजना हुने छ ।

यी तिनै शहरहरुमा महोत्सवको रौनक बढाउन नेपालवाट अमृत गुरुङको चर्चित ब्यान्ड नेपथ्य आउने पक्का भएको हो
यस्तै एडिलेडमा अप्रिलमा,डार्बीन र पर्थमा मेमा नेपाल फेस्टीभल हुने तय भएको छ ।