

मेबलर्न । अष्ट्रेलियामा यसपटक फरक तरिकाले अभिभावक दिवस मनाउँने तयारी गरिएको छ ।
एनआरएनए भिक्टोरिया अष्ट्रेलिया र विभिन्न संघ संस्थाहरुको सहकार्यमा विभिन्न धार्मिक स्थलहरु भ्रमणको विशेष टुर प्याकेज सहित यसपटक अभिभावक दिवस मनाइन लागेको छ ।
यही जुन १२ मा हुने बेन्डिगो टुर कार्यक्रम अन्तर्गत जेष्ठ अभिभावकहरुलाई स्थानीय दुर्गा मन्दिर र बौद्ध गुम्बाको दर्शन गराइनुका साथै सुनखानीको भ्रमण अवलोकनको कार्यक्रम तय भएको आयोजकले जनाएको छ । सोही अवसरमा वनभोजको समेत आयोजना गरिनेछ ।
एक दिन आफ्ना अभिभावकका लागि भन्ने उदेश्यका साथ आयोजना गर्न लागिएको कार्यक्रममा सकभर आफ्ना अभिभावकसँगै एक दिन समय विताउँन आयोजकले आग्रह गरेको छ । यसका लागि प्रतिव्यक्ति ५० डलरको टिकटको व्यवस्था गरिएको छ । सहभागी हुनेहरु जुन १२ का दिन विहान ७ः३० बजे फेडेरेशन स्क्वायरमा भेला भैसक्नुपर्नेछ । बस विहान ८ बजे प्रस्थान हुनेछ ।
कार्यक्रमलाई एनआरएनए भिक्टोरिया,नारी निकुञ्ज,एनएमडिए र अष्ट्रलिया नेपाली जेष्ठ नागरिक समाजले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।