के पुरुषलाई चाहिं बलात्कार गर्न पाईन्छ….?

0
2822

–लक्ष्मण पौडेल

मैले केही समय पहिले एउटा समाचार पढेको थिएँ–दिल्ली मा ३ जना रक्सीले मातिएका युवतीहरुले ट्याक्सी प्रयोग गर्छन् र घरमा पुगेपछि पैसा लिन घर भित्र नै आउँन भन्छन् ! ट्याक्सी ड्राईभर उनीहरुसंग जान्छ तर ती युवतीहरुले एकाएक त्यो ड्राईभरलाई बलात्कार गर्ने कोशिस गर्छन् ! ड्राईभर आफ्नो कुमारोत्व जोगाउन छतबाट हाम फाल्छ र एउटा खुट्टा भाँचिन्छ ! उ प्रहरीकोमा उजुरी गर्न जाँदा प्रहरी उल्टै हाँस्छन् र उसको उजुरी दर्ता नै गर्दैनन् !

यसको मतलव के पुरुषलाई चाहिं बलात्कार गर्न पाईन्छ ? हाम्रै देशमा पनि महिलाद्वारा पुरुषमाथि थुपै यौन शोषण भएका छन् तर यसलाई यौन शोषणका रुपमा होईन हाँसोको रुपमा लिईन्छ ! महिलाबाट पुरुषमाथि थुप्रै अत्याचार,अन्याय भएका छन् । तर पुरुषलाई न्याय दिने शायद कुनै प्रचलन नै छैन । पुरुष न्याय माग्न प्रहरी कहाँ पुग्यो भने सारा समाज हाँस्छन् मात्र !
मेरो तात्पर्य के हो भने हामी कहाँ हरेक कुरामा पुरुषलाई नै दोषी देखिने गलत प्रवृत्ति छ ! केटा र केटी खोलामा जान्छन , केटी चिप्लिएर लड्छे र मृत्यु हुन्छ अनि आवाज उठ्छ बलात्कारीलाई फाँसी दे ! दुवै जनाको सहमतिमा खोलासम्म पुगेपछि कसरी बलात्कार भयो ? त्यसैले हरेक घटनामा पुरुष मात्र दोषी हुदैन, सबै बलात्कार पुरुषले मात्र गरेका हुन्नन् । तर छानबीन नै नगरी पुरुषमाथि मात्र दोष थोपर्ने हाम्रो तरिका सरासर गलत छ !

उमेरमा यौन चाहना महिला र पुरुष दुबैलाई हुन्छ ! छोरा छोरी जन्माएर मात्र कर्तव्य पुरा हुदैन ! आफ्ना छोरा छोरीले के गर्छन् , कहाँ जान्छन् भन्ने कुरामा आमाबाबु चनाखो बन्नै पर्छ ! हामी सुन्छौं फेसबुक मार्फत युवा युवती सम्पर्कमा आउछन्, कतै कोठामा गएर रक्सी पिउछ्न् , सहमतिमा यौन सम्पर्क गर्छन् । पछि सामुहिक यौन सम्पर्क गर्न नमान्दा वा गर्ने क्रममा युवती छतबाट खसेर मर्छे ! सामाजिक संजाल मार्फत नै केटा केटी भेट हुन्छन्,भेट्छन्,केटी गर्भवती हुन्छे र केटा भाग्छ । तर यसमा दोष सिर्फ केटाको मात्र देख्छ ! मेरो बिचारमा दोष दुवैको छ ! सहमतिमा सबै हुने,अप्ठ्यारोमा केटा मात्र किन दोषी बन्ने ?

कुकुरले मासु भेटाएपछि खान्छ,बाख्रा हरियो घाँसमा अवश्य लोभिन्छ । त्यो प्राकृतिक स्वभाव र गुण हो । त्यसैले मासु खाएपछि कुकुरलाई गोली हान्नुभन्दा पहिले नै खान नदिन सचेत बन्नु बुद्धिमानी हो । अनि अर्को कुरा केटा भएकै कारण घटनाको छानबीन नै नगरी सामाजिक संजालमा,समाचारमा कसैलाई अपराधी घोषित गरेर आफै न्यायधीस बन्ने प्रवृत्तिमा सुधार आउँन अत्यावश्यक छ । पुरुषमाथि हुने यौन शोषण पनि अपराध नै हो , चुटकिला होईन ! महिला पुरुष समान हुन ! महिला अधिकारको नाउमा पुरुषमाथि विभेद गर्नु उसको मानव अधिकार विरुद्ध हो ।