अरुण तामाङको अध्यक्षतामा तामाङ सोसाईटी सिडनीमा नयाँ कार्य समितिको चयन

0
371

सिड्नी । सन् २००९ मा स्थापना भई विदेशी भूमिमा नेपाली तामाङ कला संस्कृति संरक्षणमा लागिरहेको ‘तामाङ सोसाईटी सिडनी-एनएसडब्लु’ ले १७ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ ।

सिडनीको केन्टबेरीमा अवस्थित हलमा सम्पन्न भएको बैठकले नयाँ समितिको अध्यक्षमा अरुण तामाङ, सह-अध्यक्षमा सुनदोर्ज तामाङ, उपाध्यक्षमा दिल तामाङ र सरस्वती लामा, महासचिवमा किशोर तामाङ, सचिवमा प्रविन पाख्रिन, कोषाध्यक्षमा योन्ज तामाङ र उप-कोषाध्यक्षमा मोबित तामाङ निर्वाचित हुनुभएको छ । केन्द्रिय समितिमा अन्य १० सदस्यहरु रहने छन । साथै संस्थाको सल्लाहकार निमा तामाङ नियुक्त हुनुभएको छ ।

एनएसडब्लु’ ले सिडनीमा रहेको तामाङहरूलाई एकीकृत गर्दै सामाजिक, संस्कृति संरक्षण र प्रवर्धन गर्ने कार्य गर्दै आएको छ । नयाँ कार्य समितिले विस्तृत कार्य योजनाहरू समेत बनाउँदै भविष्यमा पहिलो योजना स्वरूप सिडनी र एनएसडब्लुमा रहनु हुने सबै तामाङहरुलाई एकै ठाउँमा ल्याउन प्रयास गर्ने योजना रहेको नव निर्वाचित अध्यक्ष अरुण तामाङले बताउनु भयो । त्यसलाई मध्यनजर गर्दै चाँडै नै सबैलाई समेट्ने खालको कार्यक्रम गर्ने योजना रहेको अध्यक्ष तामाङले सैलुङअनलाइनलार्इ बताउनु भयो ।

नयाँ आउने विद्यार्थीदेखी लिएर लामो समयदेखी सिडनीमा रहनु हुने तामाङहरूलाई समेत समेट्ने र नेपालसँग जोड्ने खालको कार्य विभिन्न अवसर पारेर गर्ने योजना रहेको र नयाँ सदस्यहरू समावेश गर्न विशेष सदस्यता कार्यक्रम समेत सञ्चालन गर्ने योजना रहेको सोसाइटीका नव निर्वाचित महासचिव किशोर तामाङले जानकारी दिनुभयो ।

‘‘तामाङ सोसाईटी सिडनी-एनएसडब्लु’ ले यस अघि पनि विभिन्न सांस्कृतिक, खेलकुद, आर्थिक सहयोग, छलफल र अन्तरक्रिया कार्यक्रम गर्दै आएका छन् । संस्थाले नेपालमा रहेकाहरुको विशेष गरेर शिक्षा, रोजगारी क्षेत्रमा केन्द्रित कार्यक्रमहरू गर्ने योजना रहेको समेत संस्थाका उपाध्यक्ष दिल तामाङले बताउनु भयो ।