एमओवादी अध्यक्ष प्रचण्ड अष्ट्रेलिया आउँने

0
1556

मेलबर्न । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अष्ट्रेलिया आउँनुहुने भएको छ ।

मेलबर्न र सिड्नीमा हुने कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड अष्ट्रेलिया आउँन लाग्नुभएको हो ।

आगामी जुन १५ मा प्रचण्ड अष्ट्रेलिया आउँने तय भएको बताइएको छ । गैर आवासीय नेपाली संघ अष्ट्रेलिया र जन प्रगतिशील समाज अष्ट्रेलियाले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन प्रचण्ड आउँन लाग्नुभएको हो ।

अष्ट्रेलिया भ्रमणका बेला उहाँले राजनीतिक भेटघाट समेत गर्नुहुने बताइएको छ । तर यसबारेमा प्रचण्डको सचिवालयले भने कुनै पुष्टि गरेको छैन ।