नेपाल खत्तम कि विदेशमा बस्ने हाम्रो सोंच खत्तम ?

0
795

–दीपेन्द्र दोङ तामाङ ।

विदेश आउँनु नेपाली युवाहरुको बाध्यता बनेको छ भने केहीका लागि यो सपना पनि हो । त्यसैले घरजग्गा नै बन्दगी राखेर भए पनि विदेश आउँने नेपालीहरु धेरै छन् । अहिले अधिकांश नेपालीहरु विद्यार्थी भिसामा जापान,अष्ट्रेलिया,युके र अमेरिका आएका छन् । कोही विजनेश र कुक भिसामा आउँने पनि छन् । यी देशहरुमा स्थायी बसोबासका लागि अनुमति पिआर आएकाहरुको संख्या पनि उल्लेख्य छन् । श्रमको शिलशिलामा खाँडी मुलुकहरुमा जाने नेपालीको संख्याको त झन् हिसाव नै भएन ।

यसरी विदेश आउँनेहरुको सबैको आ आफ्नै कथा र व्यथा छन् । तीमध्ये अधिकांश नेपालीहरु सन्तुष्ट छैनन् तर पनि नेपाल फर्कन चाहँदैनन् भन्नेबारेमा मैले यही अनलाइनबाट केही समय अघि आफ्नो विचार प्रकाशन गरेको थिएँ । त्यसपछि थुप्रै साथीहरुले प्रतिक्रिया पठाउँनुभयो । कतिले सहमति जनाए त कतिले विमति पनि । विदेशमा आएर आफ्नो देश,समाज र घरको चिन्ता सबैलाई लाग्छ । किनभने जहाँ रहे पनि आफ्नो देश आफनै हो । दिनभरि उडेर कता कता पुगेको पंक्षी साँझ उडेर फेरि आफ्नै गुँडमा फर्के जस्तै हामी पनि संसारका जुनसुकै देशमा पुगे पनि आखिरिमा फर्केर जाने त नेपालमै हो । किनभने त्यही हाम्रो देश हो,त्यही हाम्रो घर छ,हाम्रा आफन्त त्यही बस्छन् ।

दिनभरि उडेर कता कता पुगेको पंक्षी साँझ उडेर फेरि आफ्नै गुँडमा फर्के जस्तै हामी पनि संसारका जुनसुकै देशमा पुगे पनि आखिरिमा फर्केर जाने त नेपालमै हो । किनभने त्यही हाम्रो देश हो,त्यही हाम्रो घर छ,हाम्रा आफन्त त्यही बस्छन् ।

तर खै किन हो,यो सत्यलाई भुलेर आफ्नै देशको बारेमा तथानाम भन्दै हिड्ने नेपालीहरु पनि प्रशस्तै भेटिन्छन् विदेशमा । नेपाल यस्तो,उस्तो खै के के हो के के । उनीहरुको कुरा सुन्दा लाग्छ,नेपाल संसारकै सबैभन्दा खत्तम व्यवस्था भएको देश हो । जहाँ बस्ने मान्छेहरु संसारकै सबैभन्दा अभागी । सीधै अर्थमा भन्नुपर्दा खानै नपाउँनेहरुको देश हो नेपाल ।

विशेष गरेर विदेशमा काम हत्याउँन आफू र नेपालको बारेमा यसरी गलत प्रचार गर्नेहरु धेरै भेटिन्छन् । उनीहरुको उदेश्य भनेको आफ्नो देशलाई खत्तम चरितार्थ गरेर आफूलाई त्यो देशको निरीह जनता बनाएर कसरी हुन्छ सहानुभूति बटुलेर काम हत्याउँनु हो । तर उसले यसरी आफ्नो स्वार्थका लागि आफ्नै मुलुकको छवि विदेशी सामू विगारिरहेको पत्तै पाउँदैनन् । फेरि व्यक्तिगत स्वार्थका लागि सिंगो मुलुकलाई बद्नाम बनाउँनु राष्ट्रघात हो । त्यसैले सोचौं त आफ्नो क्षणिक स्वार्थ पूरा गर्न मुलुकप्रति नै राष्ट्रघात गर्नु कतिसम्म जायज हो ?

आफ्नै देशको बारेमा तथानाम भन्दै हिड्ने नेपालीहरु पनि प्रशस्तै भेटिन्छन् विदेशमा । नेपाल यस्तो,उस्तो खै के के हो के के । उनीहरुको कुरा सुन्दा लाग्छ,नेपाल संसारकै सबैभन्दा खत्तम व्यवस्था भएको देश हो । जहाँ बस्ने मान्छेहरु संसारकै सबैभन्दा अभागी । सीधै अर्थमा भन्नुपर्दा खानै नपाउँनेहरुको देश हो नेपाल ।

यसरी मुलुकलाई बद्नाम गर्नेमा नेपालको नागरिकता त्यागेर स्थायी पिआर लिनेहरु पनि छन् । तर उनीहरुले बुझ्नुपर्ने कुरा के हो भने उनीहरुले नेपाली नागरिकता त्यागेदेखि नै उनीहरु नेपाली रहेनन् र नेपालप्रति उनीहरुको कुनै लिनुदिनु बाँकी रहँदैन । त्यसैले अर्काको मुलुकका बारेमा नकरात्मक टिप्पणी गर्नु नेपालको राष्ट्रिय स्वाभिमानप्रति नै आक्रमण गर्नु हो । यसको असर सोचेभन्दा बढी पनि देखिनसक्छ ।

जब हामी विदेशबाट स्वदेशमा फर्कन्छौं,विमानस्थल ओर्लेदेखि नै नाक खुम्चयाउँन थाल्छौं । यहाँको विमानस्थल यस्तो–विदेशको उस्तो,यहाँको सडक यस्तो–विदेशको उस्तो,यहाँको व्यवस्था यस्तो–विदेशको उस्तो,यहाँको सरकार यस्तो–विदेशको उस्तो । उनीहरुको कुरा सुन्दा यस्तो लाग्छ,स्वर्ग भनेकै उनीहरु पुगेर आएको विदेश हो र नर्क भनेको चाहिं नेपाल ।

मेरो आशय के हो भने देश भनेको कुनै भूगोल मात्र होइन । देश बन्नु र नबन्नुमा हामी जनता नै प्रमुख जिम्मेवार हौं । किनभने जनताको सोंच बद्लिए मात्र देश बद्लिने हो । जनता समृद्ध भए देश स्वभाविक रुपमै समृद्ध बन्छ । त्यसैले एकपटक आफ्नै छातिमा हात राखेर भन्नुस् त–के नेपाल तपाईले भने जस्तै साँच्चिकै खत्तम छ त ? यदि त्यसो हो भने त्यसमा तपाईले गर्नुभएको क्रियाकलाप र तपाईको सोंच कति जिम्मेवार छ,त्यो पनि आफैं मनन् किन नगर्ने त ?

जब हामी विदेशबाट स्वदेशमा फर्कन्छौं,विमानस्थल ओर्लेदेखि नै नाक खुम्चयाउँन थाल्छौं । यहाँको विमानस्थल यस्तो–विदेशको उस्तो,यहाँको सडक यस्तो–विदेशको उस्तो,यहाँको व्यवस्था यस्तो–विदेशको उस्तो,यहाँको सरकार यस्तो–विदेशको उस्तो । उनीहरुको कुरा सुन्दा यस्तो लाग्छ,स्वर्ग भनेकै उनीहरु पुगेर आएको विदेश हो र नर्क भनेको चाहिं नेपाल ।