अष्ट्रेलियामा विवेकशील नेपालीको जमघट हुँदै

0
1114

मेलबर्न । अष्ट्रेलियामा रहेका नेपाली समुदायबीचको सम्बन्ध सुदृढ बनाउँने र विदेशबाटै भए पनि नेपालप्रति सकरात्मक योगदान दिने उदेश्यले विवेकशील नेपाली अष्ट्रेलियाले जमघट कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यही मे २९ मा हुने जमघट कार्यक्रम स्टार्थफिल्ड पार्क, न्यू साउथ वेल्समा हुनेछ । भावी पुस्ताका लागि समृद्ध,शान्त नेपाल हस्तान्तरण गर्न सकौं भन्ने भावनाबाट अभिप्रेरित भएर विवेकशील नेपालीले नेपालीहरुबीच जमघट कार्यक्रम गर्न राखेको जनाएको छ ।

छोटो समयमै परिवर्तनशील र विचारशील युवाहरुका कारण चर्चामा आएको विवेकशील नेपालीको विचार र मुद्दामा साथ दिन अष्ट्रेलियामा पनि यसको शाखा गठन भएको हो । जसमा दीपेश श्रेष्ठ,मिलन पाठक,गगन विडारी,सन्तोष पाण्डे,निराजन थापा,सविन राउत,निवेदिता बराल,प्रवीण पाठक,अनुप तिम्सिना,गुञ्जन शाक्य,रघु श्रेष्ठ,सुदिप नेपाल,गोपाल ढकाल र कवि ढकाल लगायतका १५ जना युवाहरु सक्रिय रहेका छन् ।

जमघट कार्यक्रममा विदेशमा रहेर पनि देशको निम्ति के र कसरी सहयोग गर्न सकिन्छ ? युवाहरुलाई अझै उर्जाशील बनाउँन के गर्नुपर्छ ? लगायतका विषयमा छलफल हुने फ्रेण्डस् अफ विवेकशील नेपाली अष्ट्रेलियाका जनसम्पर्क प्रमुख गगन विडारीले हिमालयन कङ्गारुलाई बताउँनुभयो ।