प्रतिभा जन्माउँन ‘मेलबर्न डबली’को सुरसार

0
640

मेलबर्न । हुन त विदेशको जीवन व्यस्त नै हुन्छन् । यो प्रतिस्पर्धी जमानामा व्यस्त हुनु पनि पर्छ । तर कहिले कहिं यति व्यस्त भैदिन्छन् कि मान्छेले आफ्ना सबै सपना,क्षमता र प्रतिभालाई समेत गुम्साएर राख्नुपर्छ । र, कालान्तरमा उभित्रका सबै प्रतिभाहरु प्रष्फुटन नभईकनै मन मर्दै जाने खतरा रहन्छ । यसबाट व्यक्तिभित्र अव्यक्त र अदृश्य कुण्ठाले जन्म लिन्छ र मुलुक अनि समाजले एउटा सम्भावित प्रतिभालाई गुमाउँछ ।

यही कुरालाई मनन गर्दै अष्ट्रेलियाको मेलबर्नमा नेपाली कला,संस्कृति,भाषा र समुदायका क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएको सोलाङ्चरको संयोजनमा मेलबर्न डबली नामक मासिक कार्यक्रमको आयोजना हुँदैछ । मेलबर्न डबली सिर्जनशीलहरुको मञ्च हुनेछ,सोलाङचरका राजु शाक्यले आफ्नो पेजमा लेख्नुभएको छ । त्यसैले कुनै विधामा प्रतिभा र सिर्जना क्षमता भएकाहरुले मेलबर्न डबलीमा आएर प्रस्तुत गर्न सकिने उहाँको भनाई छ । किनभने मेलबर्न डबली सिर्जना र प्रतिभा देखाउँने माध्यम बन्नेछ । हरेक महिना हुने यो कार्यक्रममा व्यक्तिले आफूभित्र रहेका जुनसुकै विधाका क्षमता,सिर्जनशीलता र प्रतिभा प्रस्तुत गर्न सक्नेछन् । चाहे त्यो संगीत,नृत्य,वृत्तचित्र,लघु चलचित्र, नाटक, अभिनय, वादविवाद,वक्तृत्वकला,कविता,स्ट्याण्ड अप कमेडी,कथा वाचन होस या कुनै पनि पाक कला (खानेकुरा पकाउँने कला),आफूभित्र रहेका यी प्रतिभालाई मेलबर्न डबलीमा आएर प्रस्तुत गर्न सकिने उल्लेख छ ।

प्रतिभा भएका जोसुकैले पनि निशुल्क रुपमा यसमा सहभागीता जनाउँन सक्नेछन् । त्यसैले मेलबर्नमा हरेक महिनामा एकपटक हुने यो मेलबर्न डबली कार्यक्रममा सहभागी हुन सबै प्रतिभाशाली र सिर्जनशील नेपाली समुदायलाई खुल्ला अपिल गरिएको छ । के थाहा यही मञ्च तपाईको प्रतिभा उजागार गर्ने टर्निङ प्वाइन्ट बन्ने हो कि ? पहिलो कार्यक्रम यही मे २९ तारिखमा मेलबर्नस्थित द थनवरी थियटरमा हुँदैछ ।

हरेक महिना हुने यो कार्यक्रममा व्यक्तिले आफूभित्र रहेका जुनसुकै विधाका क्षमता,सिर्जनशीलता र प्रतिभा प्रस्तुत गर्न सक्नेछन् । चाहे त्यो संगीत,नृत्य,वृत्तचित्र,लघु चलचित्र, नाटक, अभिनय, वादविवाद,वक्तृत्वकला,कविता,स्ट्याण्ड अप कमेडी,कथा वाचन होस या कुनै पनि पाक कला (खानेकुरा पकाउँने कला),आफूभित्र रहेका यी प्रतिभालाई मेलबर्न डबलीमा आएर प्रस्तुत गर्न सकिने उल्लेख छ ।