

मेलबर्न । अष्ट्रेलियामा सूर्तीजन्य सामानमा सन् २०१७ देखि १२.५ प्रतिशतका दरले कर बढाइने भएको छ ।
शुल्क वृद्धिसँगै सन् २०२० सम्ममाअष्ट्रेलियामा एक प्याकेट चुरोटको ४० अमेरिकी डलर पर्नेछ । सरकारले अष्ट्रेलियाको राजस्व सङ्कलनलाई वृद्धि गरी राष्ट्रिय बजेटमा विशेष योगदान पुर्याउने अभियानस्वरुप गत साता यो योजना ल्याएको बताएको छ ।
चुरोटमा लगाइने अन्तशुल्कवापत अष्ट्रेलियाले सन् २०२० सम्म ३.९ अर्ब अस्ट्रेलियाली डलर थप जम्मा गर्ने अष्ट्रेलियाका वित्तमन्त्री स्कट म्यारिसनले संसद बैठकमा बताए।