अष्ट्रेलियामा अनमोल केसीलाई विवाहको प्रस्ताव

0
2641

मेलबर्न । युवा पुस्ताका चकलेटी नायक अनमोल केसीको चार्म नेपालभित्र मात्र होइन नेपाल बाहिर समेत रहेको अष्ट्रेलियामा देखिएको क्रेजले प्रष्ट पारेको छ ।

शुक्रबार साँझ सिड्नीको टाउन हलमा रहेको ईभेन्ट सिनेमाको परिसरमा उनी अभिनित फिल्म ड्रीम्सको प्रदर्शनमा देखिएको दर्शक फ्लो र उनीप्रतिको आकर्षणले अनमोलको छाउँदै गएको स्टारडमलाई पुष्टि गरिदिएको थियो । कतिसम्म भने उनलाई छुन र उनीसँग तस्बिर खिचाउन चाहने नेपालीहरूको भीड थेग्नै नसक्ने गरि लागेको थियो । नेपाली चलचित्र हेर्न विद्यार्थीहरूको यस्तो भिड पहिलोपटक देखेको बताउँनेहरु धेरै थिए ।

चलचित्र ड्रीम्सको शोका लागि आफ्ना पिता निर्देशक तथा सदाबहार नायक भुवन केसीको साथमा अनमोल पहिलोपटक अष्ट्रेलिया आएका हुन् । दर्शकहरुबाट पाएको यस्तो मायाबाट अनमोल पनि पुलकित भएका छन् । ‘विदेशमा पनि यति धेरै माया पाएँ,यो मायालाई म भूल्न सक्दिन’ अनमोलले बताए ।

उनीसँग फोटो खिचाउँने र अटोग्राफ लिनेको भीड यति थियो कि फिल्मको शो नै ढिला शुरु हुन पुगेको थियो । त्यही भीडबाट ‘आई लभ यू अनमोल । यू म्यारिड मी ‘? भन्ने नारी आवाजहरु सुनिन्थे । अनमोलले पनि मुस्कानका साथ तपाईं मलाई माया गर्नुहुन्छ म तपाईंलाई माया गर्छु , बिवाह भन्दा ठूलो भएन र यो भन्ने जवाफ दिए ।

यसैबीच दर्शकको भीडका कारण अब यो चलचित्र थप दुई शो सिड्नीमा चल्ने भएको छ भने त्यसपछि अष्ट्रेलियाको मेलबर्न लगायत अन्य शहरहरूमा पनि प्रर्दशन हुनेछ ।