ब्रेकिङ न्यूज : सिड्नीको सपिङ मलमा गोली प्रहार,एकको मृत्यु,दुई घाइते

0
540

मेलबर्न । अष्ट्रेलियामा दिन दहाडै गोली चल्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सिड्नीको दक्षिणपश्चिम क्षेत्रको बैंकटाउनमा अवस्थित एक सपिङ मलमा गोली चलेको बताइएको छ । सिड्नी प्रहरीका अधिकारी डेभिड इयरड्लीले गोली चल्दा ४० वर्षीय एक पुरुषको मृत्यु भएको पुष्टि गरेका छन् । यस्तै ५३ वर्षका एक पुरुष र ३२ वर्षका एक महिला गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि लिभरपुल अस्पताल लगिएको छ ।

शुक्रवार विहान ११ं:३० बजेतिर भएको उक्त घट्नामा संलग्नहरुको प्रहरीले व्यापक खोजी कार्य जारी राखेका छन् । यसबारेमा अनुसन्धान जारी रहेको र घट्नामा एकभन्दा बढीको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।