
मेलबर्न । आगामी मे २२ मा मेलबर्नमा हुने नाचौं गाऔं रमाइलो साँझ २०७३ का लागि आउँन लागेका कलाकारहरुको भिसा स्वीकृत भएको छ ।
योसँगै कार्यक्रमका लागि चर्चित लोक गायक मिलन लामा,गायक सन्तोष लामा,गायिका ज्योति मगर,अर्का गायक राजा राजेन्द्र पोखरेल र रेशम फिलिलि फेमका गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा आउँने पक्का भएको छ । एकैपटक यति धेरै कलाकार आउँने भएपछि नाचौं गाऔं रमाइलो साँझ २०७३ निकै भव्य हुने अपेक्षा गर्न थालिएको छ । दर्शकहरुको अपेक्षालाई साकार पार्न आयोजक हाम्रो इभेन्टसले कुनै कसर बाँकी नराख्ने प्रतिवद्दता जनाएको छ ।
मेरो कन्सल्ट्यान्सीको मूख्य प्रायोजन र आरजिआइटी अष्ट्रेलियाको सह प्रायोजनमा इष्टोनियन हाउसमा हुने कार्यक्रममा हिमालयन कङ्गारु मिडिया पार्टनर रहेको छ ।