नयाँ शक्तिको आवश्यकता : अवसर र चुनौतिहरू ।

0
842

नयाँ शक्तिको आवश्यकता किन ?

सात दशक लामो अनवरत सङघर्ष पछि नेपाली राजनीतिक क्रान्ति एक ढङगले पूरा भएको छ । र,नेपाल आर्थिक क्रान्तिको दिशामा अगाडि बढेको छ । यो नयाँ चरणमा प्रबेश गरेको नेपाललाई समयको आबश्यकता अनुसार हाँक्न,नेतृत्व गर्न र गतिशिल रूपमा निरन्तर अगाडि बढाउन पुरानो सोच,पुरानो बिचार,पुरानो राजनीतिक चिन्तन,व्यवस्था र पुरानो नेतृत्वबाट सम्भब नहुने भएकाले नयाँ सोच,नयाँ बिचार,नयाँ राजनीतिक  चिन्तन,नयाँ भिजन,नयाँ व्यवस्था सहितको नयाँ समयको मागलाई नेतृत्व गर्न सक्ने नयाँ शक्तिको आवश्यकता नेपाली राजनीतिमा खडकिएको पक्कै पनि हो।नेपालमा हामीले दलको राजनीति,पार्टिको राजनीति र वादको राजनीतिको अभ्यास धेरै गर्यौ। र यो खालको राजनीतिले हामीलाई कहिँ पनि पुर्याउँदैन बरू अगाडि जाने भन्दा पछाडि धकेल्ने,अग्रगमन भन्दा पस्चगमनतिर लैजाने पुस्टि भैसकेको छ।

राम्रो भन्दा पनि हाम्रो सँधै ठिक भन्ने साँघुरो मानसिकताले हामीलाई कहिल्यै पनि छोडेन।र हामी सँधै गरिबि,अभाब र अचेतनाको सिकार बनिरह्यौ। त्यसकारण अब हामी तँ काङग्रेस म एमाले उ माओबादी भनेर जस्तो भएपनि मै ठिक मेरै पार्टि ठिक अरू सबै बेठिक भन्ने एकोहोरो,पस्चगामी र अब्यबहारिक सोचबाट माथि उठनै पर्छ। नयाँ यात्रामा अगाडि बढनै पर्छ।आफ्नो पार्टिको मान्छेले जे गरेपनि ठिक हुने र अर्को पार्टिकोले जे गरेपनि बेठिक हुने ? दुनियामा यस्तो पनि राजनीति हुन्छ ?अनि यस्तो राजनीतिबाट तपाईँ हाम्ले स्विजरल्याण्ड ,सिङगापुरको सपना देख्ने? ल तपाईँ आँफै भन्नुस अब नेपाल सोमालिया नभयर के हुन्छ?स्विजरल्याण्ड हुन्छ?सिङगापुर हुन्छ?त्यसकारण अब हामी दलको,वादको राजनीतिलाई आर्यघाटमा सेलायर विकाशको राजनीतिमा होमिनुपर्ने भएको छ,सामेल हुनुपर्ने भएको छ ।

नयाँ शक्तिमा युवाहरू किन लाग्नुपर्छ ?

तपाईँ हामी युवाहरू कहिलेसम्म यी औँठाछाप मान्छेहरूलाई नेता मानेर,नेतृत्व मानेर,पथपर्दशक मानेर यिनिहरूले जता भन्छन त्यता हिँडिरहने?जे भन्छन त्यो पत्याईरहने?र यिनको आश गरेर कहिलेसम्म बसिरहने,कहिलेसम्म?हाम्रो घैँटोमा घाम कहिले लाग्ने?हाम्रो बुद्धिको बिर्को कहिले खुल्ने?अनि हामी हाम्रो चिर निद्राबाट कहिले बिहुँझिने?हामी यिनिहरूको भेडा कहिलेसम्म बनिरहने?हामी यो निद्राकै तालमा बर्बराएर सँधै फेसबुकमा,सोसियल मिडियामा यिनिहरूको आलोचना गरेर देश बन्छ?यिनिहरूलाई भोट दिएर जिताएर अबिर जात्रा गरेर त्यो सत्तामा कस्ले पुर्याÞयको हो? तपाई हाम्ले होईन?कि स्वर्गबाट आएर ईन्द्रले पुर्याइदियको हो? त्यसो भएको हुनाले फेसबुकमा,टुईटरमा यति धेरै बहस गर्ने हामी रास्ट्रप्रेमीहरूले आँफै ईनिसियसन किन नलिने? यि औठाछापहरूबाट हामीहरू कहिले सम्म शासित भईरहने? निर्देशित भईरहने? हामी सँधै किनारामा बसेर आलोचना गर्दैमा पोखरि आँफै सफा होला र?

अब तयार हुनुस हामी आँफै पोखरिमा छिर्नुपर्छ र हिलो फाल्न सुरू गर्नुपर्छ एक न एक दिन त पोखरि कसो सफा नहोला र?मैले पोखरि भनेर राजनीतिलाई संकेत गर्न खोजेको हुँ।

मलाई यतिबेला एकजना बिद्धानको भनाई खुब याद आइरहेको छ“देश केहि खराब मानिसहरूको कारणले पछाडि परेको होईन धेरै असल मानिसहरू मौन रहेका कारणले हो“।यसको अर्थ के हो भने असल,पढेलेखेका,बिद्वान,बुद्धिजिबि,क्षमतावान मानिसहरू राजनीतिमा नआएकै कारण देशले कष्ट भोग्नुपरेको छ।

पढेलेखेका मान्छेहरूले राजनीति फोहोरि खेल हो भन्दै गर्दा हाम्रो राजनीति औँठाछापहरूको बिर्ता जस्तै भएको छ।र अन्तत्वगत्व राजनीति राज्यको मुल नीति भएका कारण सबै बिद्वान,बुद्द्जिबीहरू,क्षमतावान मानिसहरू तिनै औँठाछापहरूको निर्देशनमा चल्नुपर्ने बिडम्बनापूर्ण स्थिति सृजना भएको छ।तसर्थ हामीले हाम्रै जिवनकालमा विकसित र समृद्ध नेपाल देख्न।राजनीतिलाई स्वार्थको फोहोरि खेलबाट पबित्र कर्ममा बदल्न सबै युबाहरू प्रगतिशील, विकासशील राजनीतिमा सहभागि हुनैपर्दछ।

बिदेशमा भएका युवाहरू राजनीतिमा किन लाग्नुपर्ने ?

माथि नै उल्लेख गरेजस्तै हामी सकारात्मक सोच राख्ने युबाहरू राजनीतिको ट्रेन्ड बदल्न,राजनीतिलाई विकाससँग जोडन र मुख्य त राजनीति बाट पुरानो बिचार,पुरानो सोच,पुरानो शैलि र पुरानो परम्परालाई बिस्थापित गरि नयाँ खालको राजनीतिक प्रणाली विकास गर्नको निमित्त राजनीतिमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागि हुन जरूरि छ। र त्यो कसैको ईसारामा या कसैको निर्देशनमा होईन आफ्नै सोच,बिचार र भिजनमा।युबाहरू भनेका बिकासका मेरूदण्ड हुन,परिबर्तनका संवाहक हुन।ईतिहाँसको हरेक कालखण्डमा युबाहरूको अग्रसरता बिना कुनै पनि परिबर्तन सम्भब भएन।

हामीले हाम्रै ईतिहाँस हेर्ने हो भने पनि २००७ साल,२०१७ साल,२०३६ साल,२०४६ साल होस या ६२र६३ को जनआन्दोलनको कुरा नै किन नहोस युबाहरूको असाधारण त्याग,तपस्या र बलिदानकै कारण ति सबै परिबर्तन सम्भब भएका हुन।हामीसँग यति ठुलो ताकत छ भने हामीले यस्लाई सहि ठाउँमा किन नलगाउने?हामीहरू आँफैले आफ्नो सोच,भिजन बनायर त्यसमा अगाडि किन नबडने?हिजो हामी अरू कसैको लहैलहैमा लागेर उनिहरूको सत्तामा पुग्ने भर्याङ बन्यौ।र मुलुकको यो गति भयो।तर अब आफ्नै सोच,बिचार र योजनामा सृजनात्मक राजनीति सुरू गरौँ बिकासशील राजनीति सुरू गरौँ।

जहाँसम्म हामी बिदेशमा बस्ने युबाहरूको कुरा छ।करिब ४० लाख हामी युबाहरू अनेक बिबसताका कारण देशबाहिर छौँ।ठुलो सङख्यामा पढेलेखेका युबाहरू विदेश पलायन हुनु र राजनीतिबाट परै रहनुले पनि के पुस्टि गर्दछ भने नेपालको राजनीतिमा पढेलेखेका युबाहरूको होइन अनपढ बुढाखाडाहरूको बर्चस्व छ।युबाहरूको राजनीतिमा पुरै बितृस्णा छ।कुनै रूचि र चासो छैन नेताहरूलाई गालि गर्ने बाहेक।यसरि सँधै उनिहरूलाई परबाटै गालि मात्रै गर्ने र आँफु राजनीतिबाट पुरै बिमुख भईरहँदा राज्यको नीतिनिर्माण तहमा सँधै गलत पात्र र प्रबृतिहरू हाबि भईरहने भएकाले प्रत्यक्ष अप्रत्यक्ष रूपमा बिदेशबाट पनि नेपाली राजनीतिमा युबाहरू सहभागि हुनैपर्ने स्थिति सृजना भएको छ।यसो भन्दै गर्दा बिदेशमा आएर पनि राजनीति गर्ने?काम गर्न पर्दैन?भन्ने खालका कुराहरू पनि उठने गर्छन।

मैले भन्न खोजेको के मात्रै हो भने राजनीतिमा युबाहरूको वाच डगको भुमीका हुनैपर्दछ।युबाहरूको खबरदारि रहिरहनुपर्दछ जसले गर्दा त्यहाँ गलत प्रबृति हाबि हुन नसकोस।यसलाई हामीले सोसियल मेडियाको सहि सदुपयोग गरेर पनि गर्न सक्छौँ।

नयाँ शक्ति कस्तो हुनुपर्दछ ?

नयाँ शक्ति एउटा अर्को नयाँ भिन्न दल मात्र होइन समयको मागलाई ठिक ढङगले सम्बोधन गर्न सक्ने,ठिक ढङगले नेत्रित्व गर्न सक्ने पुरानो राजनीतिक सोच,चिन्तन,प्रणालि भन्दा भिन्न बैकल्पिक व्यबस्था सहितको व्यबहारिक शक्ति हुनुपर्दछ।हामीले लामो समय अभ्यास गरेको ब्यबहारलाई सिद्धान्तले लिड गर्ने होईन,सिद्धान्तलाई ब्यबहारले लिड गर्ने खालको हुनुपर्दछ।कुरा मात्रै ठुला गर्ने काममा सिन्को नभाँच्ने होईन कुरा भन्दा पहिला काम गरेर देखाउने हुनुपर्दछ।वाद,सिद्धान्त र दर्शनको लडाई लडने होईन बरू सबै खालका वादहरू मिलेर विकासवादको लडाँई लडने हुनुपर्दछ।

प्रतिस्पर्धा कस्को पार्टि ठुलो हुने,कस्ले जुलुसमा कति मान्छे उतार्न सक्ने होईन बरू कस्ले कति विकास गर्न सक्ने,कस्ले सबैभन्दा राम्रो विकासको खाका बनायर छिटो भन्दा छिटो व्यबस्थित विकसित नेपाल बनाउन सक्ने भन्ने हुनुपर्दछ।नेता र कार्यकर्ता एउटै हैसियतमा बाँच्ने खालको हुनुपर्दछ।संगठनका सबै कुराहरूको हिसाबकिताब पारदर्शि ढङगले सर्बसाधारणले सजिलै बुझ्ने गरि राखिदिनुपर्दछ।

पुरानो जस्तो जेल बसेको भरमा नेता हुने होईन,आफ्नो क्षमता र योग्यताको भरमा कुनै पनि तल्लो तहको जनता,कार्यकर्ताले नेत्रित्व गर्न

पाउने हुनुपर्दछ।र नेत्रित्व सङगठनको,कार्यकर्ताको,जनताको ईच्छ्या बिरूद्द,नियम बिरूद्द अगाडि बढेमा तुरून्त फिर्ता बोलाउने वा कारबाहि गर्ने व्यबस्था हुनुपर्दछ।विकासको लागि छिमेकी रास्ट्रहरूसँगको सम्बन्ध सुमधुर हुनु पर्ने भएकाले दुबै छिमेकिहरूसँग सहज सम्बन्ध बिकास गरिनुपर्दछ।र त्यसलाई रास्ट्रिय हितमा अधिकतम प्रयोग गर्न सक्नुपर्दछ।हिजोको जस्तो प्रभुहरूको पाउमा लम्पसार पर्ने खालको होईन।कसरि हुन्छ छिटो भन्दा छिटो आत्मनिर्भर अर्थतन्त्रको बिकास गरिनु पर्दछ किनकि कसैले नाकाबन्दी गर्दा भोकभोकै मर्न नपरोस।यस्ता थुप्रै कुराहरू छन जस्लाई एउटा लेखमा अटाउन सम्भब भयन फेरि फेरि लेख्दै गरौँला ।

नयाँ शक्तिका चुनौतिहरू के हुन ?

नयाँ शक्ति भर्खरै जन्मिएको एउटा बच्चा हो जस्को मुख्य चुनौँति भनेको हुर्किनु हुन्छ।सहि संस्कार पाउनु,राम्रो शिक्षा,स्वास्थ्य,आवास लगायतका समस्याहरू हुन्छन।ठिक ढङगले हुर्केर एउटा सफल ईतिहाँस लेखाउनु नै नयाँ शक्तिको चुनौँति हो।आम रूपमा राजनीतिबाट वाक्क बनेका नेपाली जनतामा पुन आशा सन्चार गराउनु र एउटा माहोल बनाउनु नयाँ शक्तिको पहिलो चुनौँति हो।सबैलाई हेर्दा हेर्दा दिक्क बनेका जनताले एकपटक प्रधानमन्त्रिमा टेस्ट गरिसकेको बाबुरामको अनुहारलाई त्यति सजिलै पत्याउने अबस्था छैन भलै उनलाई आशाको दृष्टिकोणले हेर्नेहरुको जमात पनि नभयको होईन।तर यो त बाबुरामको भन्दा पनि नयाँ राजनीतिक प्रणालिको कुरा भएकाले बाबुराम केन्द्रमा हुनैपर्छ जस्तो मलाई लाग्दैन।सबैभन्दा पहिला त नयाँ भन्ने बित्तिकै कसरि नयाँ भन्ने प्रस्न खडा हुन्छ।

मान्छेहरू भन्छन यो पनि नयाँ बोतलको पुरानै रक्सि त होला नि?यस्ता प्रस्नको ब्यबहारबाट जबाफ दिनु नयाँ शक्तिको अर्को मुख्य चुनौँति हो।ब्यक्तिगत रूपमा बाबुराममाथि लागेका तमाम आरोपहरू पनि अब कहिँ न कहिँ नयाँ शक्तिका चुनौँतिहरू हुन।यो भन्दै गर्दा उनले चार दशक सङघर्ष गरेको पार्टि र बिचार चटक्क छोडेर नयाँ झन्डामुनि आउन सबैलाई आह्वान गर्ने कुरा चानचुने हुन सक्दैन।यो जोखिम उठाउने आँट उनले गरेकै हुन यसको खास मुल्याङकन भने समयले नै गर्ला।त्यसो त उनलाई भगौडाको आरोप पनि नलागेको भने होईन।

घोषणापत्रमा लेख्ने कुरा र ब्यबहारमा आकाश पातालको अन्तर हुने हाम्रो समाजमा नयाँ शक्तिलाई पनि बोलेको,लेखेको कुरा ब्यबहारमा लागु गर्नु मुख्य चुनौँति हुनेछ।चुनौँतिहरू धेरै छन असिमित छन तर चुनौतिसँग त्यस्तै अबसरहरू पनि छन यसको बुद्धिमतापुर्ण ढङगले हल गर्न सके भने भट्टराई राजनेता हुनेछन् । सकेनन् भने राजखलनेता ।अल द बेस्ट नयाँ शक्ति टिम ।

लेखक चिन्तन नयाँ शक्ति अभियान अष्ट्रेलियाका अभियान्त हुनुहुन्छ ।