मेलबर्नमा सिनियर भलिवल टुर्नामेन्ट हुने

0
547

मेलबर्न । मेलबर्नको प्रतिष्ठित नेपाली क्लब द हिमालयन क्लबको आयोजनामा भलिबल टुर्नामेन्ट हुने भएको छ ।

नेपाली समुदायका खेलाडिहरुको खेल प्रतिभा उजागार गर्दै उनीहरुका क्षमतालाई अझ बढाउँन विभिन्न खेल गतिविधिहरु आयोजना गर्दै आएको द हिमालयन क्लबले जेष्ठ,पुरुष र महिला टिमबीच छुट्टाछुट्टै भलिवल टुर्नामेन्ट गर्ने भएको हो । ३५ वर्ष भन्दा माथिका खेलाडिहरुलाई सिनियर टिममा प्रतिस्पर्धा गराउँन लागेको हो । प्रतियोगीताका विजेता टोलीलाई आकर्षक पुरस्कार र नगदको समेत व्यवस्था गरिएको छ ।

नेपाली समुदायबीच रहेको एकताको भावनालाई खेलका माध्यमबाट अझ मजबुत बनाउँने उदेश्यले यो टुर्नामेन्टको आयोजना गर्न लागेको हिमालयन क्लबका सचिव केशव सापकोटाले हिमालयन कङ्गारुलाई बताउँनुभयो । आगामी मे २९ का दिन डर्बिन कम्युनिटी स्पोर्टस् रंगशालामा विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने उक्त प्रतियोगीतामा सहभागी बन्न इच्छुक टिमहरुबाट दर्ता आह्वान गरिएको सचिव सापकोटाले बताउँनुभयो ।

हिमालयन कङ्गारुले अफिसियल मिडियाका रुपमा सहकार्य गर्नेछ ।