कलाकार भुपेन्द्र चुँडाल सिड्नीमा सम्मानित

0
18360

मेलबर्न । अष्ट्रेलियाका नेपाली समुदाय माझ लोकप्रिय हाँस्य कलाकार तथा नृत्य निर्देशक भुपेन्द्र चुँडाल सम्मानित हुनुभएको छ ।

सिड्नीमा अघिल्लो पटक आयोजना गरिएको नेपाल महोत्सवमा राजवंशी नृत्यको कोरियाग्राफी गरी प्रस्तुत गर्ने कार्यको नेतृत्व गरेवापत हाँस्य कलाकार एवं नृत्य निर्देशक चुडाललाई सम्मानित गरिएको हो । पूर्वी नेपालका आदिवासी कोच जातिको नयाँ वर्षपर्व सिरुवा पवनी मनाउँन अष्ट्रेलियाको सिड्नीमा गत आइतबार एिसफिल्ड पार्कमा आयोजित सिरुवा पवनीको अवसरमा कलाकार चुँडाल सम्मानित हुनुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एनआरएनकी संरक्षक ईन्द्रा वनले भाषिक, सांस्कृतिक रुपमा धनी रहेका कोच जातिको भाषा, भेषभूषा र संस्कृतिको संरक्षण राज्यस्तरबाट नै हुनुपर्ने बताउनुभयो । उहाँले पूर्वी तराईका भूमिपुत्रहरुको संरक्षणबाट नै मौलिकता जोगिने बताउनुभयो ।

कार्यक्रममा एनआरएनका ओसेनिया क्षेत्रयि संयोजक महेन्द्र लम्साल, अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, पूर्वअध्यक्ष महेन्द्र ओली, नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रेलियाका अध्यक्ष चित्र तुम्बाहाम्फे, एनआरएन न्यूसाउथवेल्सका संयोजक एवं झापाली समाज अष्ट्रेलियाका संरक्षक दिनेश पोखरेल अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।

सोही अवसरमा पोखरेलले यस पर्वलाई झापाली समाज अष्ट्रेलियाको वार्षिक कार्यक्रममा समेट्न आग्रह गर्नुभयो । यसैगरी निन्फाका अध्यक्ष तुम्बाहाम्फेले नेपाली पहिचानहरुको संरक्षणका लागि पहिचानसहितको राज्य नेपालमा बनाउनुपर्ने बताउनुभयो ।