श्रीकृष्णको नेतृत्वमा ‘आइएनएस’को भिक्टोरिया शाखा गठन

0
798

मेलबर्न । नयाँ शक्ति नेपालसँग निकट इन्टरनेशनल नेप्लीज सोसाइटी आइएनएस अष्ट्रेलियाको भिक्टोरिया शाखा गठन भएको छ ।

ओसेनिया क्षेत्रका संयोजक शमिम अन्वारको उपस्थितिमा नयाँ शक्ति अभियान अष्ट्रेलियाका उप सभापति तथा भिक्टोरिया संयोजक श्रीकृष्ण सिलवालको संयोजकत्वमा ११ सदस्यीय कार्यकारी समिति गठन भएको हो । सो अवसरमा कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसके पनि आइएनएसका सभापति विनोद पौडेलले फोनबाटै बधाइ तथा शुभ कामना दिनुभएको थियो ।

सोही अवसरमा संयोजक श्रीकृष्ण सिलवालले नेपालको विकासमा विदेशिएका नेपाली युवाहरुको प्रत्यक्ष सहभागीता रहनुपर्ने धारणा राख्दै त्यसका लागि आवश्यक आइडियाहरु आदनप्रदान गर्ने उदेश्यले आइएनएसको भिक्टोरिया शाखा गठन गरिएको बताउँनुभयो ।

नवगठित भिक्टोरिया कार्य समितिका सदस्यहरु यस प्रकार छन् :

संयोजक  :

श्रीकृष्ण सिलवाल

सदस्यहरु

इश्वर कँडेल
अनिश सापकोटा
अर्जुन सापकोटा
सरोज पाठक
देव लामिछाने
नवराज अर्याल
थानेश्वर साउद
भानु भट्टराई
शर्मिला श्रेष्ठ
प्रविण चालिसे