‘वाक् फर वेलफेयर ‘अब मेलबर्नमा !

0
392

मेलबर्न । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको सहयोगार्थ वेलफ़ेयर फर स्टुडेन्ट कोष स्थापनार्थ आर्थिक  संकलन गर्ने उदेश्यले शुरु गरिएको वाक् फर वेलफेयर भिक्टोरियामा आइपुगेको छ ।

एनआरएनएले शुरु गरेको यो कार्यक्रम यसअघि पर्थ,सिड्नी र ब्रिसवेनमा सफलतापूर्वक सम्पन्न भैसकेको छ । अब यही अप्रिल १७ मा मेलबर्नमा वाक् फर वेलफेयर कार्यक्रमको आयोजना हुँदैछ । यसको संयोजन एनआरएनए भिक्टोरियाले गर्दैछ । उक्त दिन विहान १० बजेदेखि शुरु हुने कार्यक्रममा सहभागी बन्न एनआरएनएले सबै मेलबर्नवासी नेपालीलाई अपिल सहितको अनुरोध पनि गरेको छ ।

यो कार्यक्रमबाट १ करोड रुपैयाँ संकलन गरि विद्यार्थी कल्याणकोष स्थापना गर्ने एनआरएनएको योजना छ ।walk for peacee