सिड्नीबाट ‘विचार विम्ब’ अडियो पुस्तक सार्वजनिक

0
283

मेलबर्न । वहुचर्चित पुस्तक ‘विचार विम्ब अब अडियोमा सुन्न पाइने भएको छ । डा चिन्तामणि योगीले लेख्नुभएको यो पुस्तकको अडियो संस्करणमा भने भीमसेन सापकोटाको स्वर सुन्न पाइनेछ । यसलाई सापकोटाले नै उत्पादन गर्नुभएको हो ।

आधुनिक विज्ञानदेखि अध्यात्म, योगवाद देखि भोगवाद,आस्तिक देखि नास्तिक,जीवन जिउनेदेखि मर्नेसम्मको कलाका दर्शनहरू ‘विचार विम्ब ‘अडियो बुक‘को विशेषता हुन् ।

सो ‘अडियो बुक ‘ उत्पादनमा सिड्नीस्थित ट्रोय हर्स स्टुडियो,सुदीप कार्की र सुमन शिवाकोटीले समेत सहयोग गर्नुभएको छ । एक पटक सुन्नैपर्ने ‘अडियो पुस्तक ‘ ४ भागमा विभाजित र करिव छ घण्टा लामो रहेको छ उत्पादक ट्रोय हर्श स्टुडियोले जनाएको छ । अष्ट्रेलियाबाट यसरी नेपाली पुस्तककको ‘अडियो सिडी ‘ उत्पादन हुनु सम्पूर्ण नेपाली साहित्यकै लागि खुशीको कुरा भएको अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी बताउनुहुन्छ ।

सवारी चलाऊंदा चलाऊंदैदेखि अन्य काम गर्दा गर्दै समेत सुन्न सकिने यो अडियो पुस्तकको डिभिडी हाल नेपाल र अस्ट्रेलियामा उपलब्ध छ ।

अन्य देशका पाठक र श्रोताहरूले युट्युब एप्स मार्फत सुन्न सकिनेछ ।