नयाँ वर्ष २०७३ को अवसरमा मेलबर्नको शुभ कामना

0
272

मेलबर्न । नेपाली नयाँ वर्ष २०७३ को अवसरमा भिक्टोरिया मेलबर्नमा क्रियाशील विभिन्न नेपाली संघ संस्था र व्यक्तित्वहरुले शुभकामना सन्देश दिएका छन् ।

नयाँ वर्षको अवसरमा भिक्टोरियास्थित अवैतानिक महावाणिज्यदूतको कार्यालयले पनि शुभ कामना व्यक्त गरेको छ । शुभ कामना सन्देशमा नयाँ वर्षले नयाँ अवसर र सफलताहरु लिएर आउँने विश्वास व्यक्त गरिएको छ ।

यस्तै नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको तर्फबाट पनि शुभ कामना सन्देश दिइएको छ । समितिका तर्फबाट अध्यक्ष सुरेश पोखरेलले दिनुभएको शुभ कामना सन्देशमा नेपालीको इतिहास सदैव संघर्षशील रहँदै आएको स्मरण गर्दै नयाँ वर्ष २०७३ मा हरेक अप्ठ्याराहरुलाई चिर्दै समृद्ध नेपालको निर्माणमा लाग्न आह्वान गरिएको छ । नयाँ वर्षले नेपाली समाजलाई थप सहिष्णु बनाउँन,सबै नेपालीमा सुखदुखको साथी बन्ने र देश विकासका लागि एक भएर लाग्ने प्रेरणा मिलोस् भन्ने कामना समेत गरिएको छ ।

नयाँ वर्षको अवसरमा प्रवासी नेपाली मञ्च,मेलबर्नले पनि शुभ कामना सन्देश दिएको छ । मञ्चका तर्फबाट अध्यक्ष कृष्णप्रसाद न्यौपानेले दिनुभएको सन्देशमा २०७२ साल नेपालीहरुका लागि घायलको वर्षको रुपमा रहे पनि हारको वर्ष भने नभएको उल्लेख छ । त्यसैले २०७३ साल एकता,भातृत्व, विकास र निर्माणको वर्ष बनाउँन सबै नेपाली एकजुट भएर लाग्ने विश्वास व्यक्त गरिएको छ ।