मेलबर्नमा रोधीघरको झल्को दिदै राजु गुरुङ र रिता थापा मगर

0
568

मेलबर्न । लोक गीत र दोहोरी भाका नेपालीको मौलिक पहिचान हो ।

नेपालका विभिन्न क्षेत्रीय,जातीय संस्कृति र परम्परालाई प्रतिविम्वित गर्ने यस्ता लोकभाकाहरुमा नेपालीपन र नेपाली प्राण समेत भेटिने भएकोले हरेक नेपालीलाई यसले छुन्छ । यही कुरालाई मध्यनजर गर्दै नेपालीहरुको बाक्लो उपस्थिति रहेको अष्ट्रेलियाको मेलबर्नमा पनि पहिलोपटक प्रत्यक्ष दोहोरी गायनको प्रपञ्च मिलाइएको छ । मगर समुदायको सांस्कृतिक पर्व कानुङ पर्व २०१६ को अवसर पारेर मगर समाज भिक्टोरियाको आयोजनामा लाइभ दोहोरी सहितको विशेष कार्यक्रम हुने भएको हो ।

यही आइतवार अर्थात अप्रिल १० का दिन मेलबर्नको इष्टोनियन हाउसमा हुने कार्यक्रममा नेपालबाट आएका चर्चित दोहोरी कलाकारद्धय राजु गुरुङ र रिता थापाको आकर्षक प्रत्यक्ष दोहोरी गायन रहनेछ । उनीहरुसँग दर्शकहरुले पनि दोहोरी खेल्न पाउँनेछन् । त्यसैले दर्शकहरुमा अहिलेदेखि नै रोमाञ्चक अनुभूति हुन थालिसकेको छ । तर त्यसका लागि भने अझै तीन दिन प्रतीक्षा गर्नुपर्नेछ ।

अहिलेका लागि भने रिता थापा मगर र अर्का गायक राजु परियारको यो प्रत्यक्ष दोहोरी गायनको भिडियो हेर्दै गर्नुहोला :

https://www.youtube.com/watch?v=MCEAVHryYuw