अष्ट्रेलियामा वीरेन्द्रको साथ पाएपछि गायिका मञ्जुले धार फेरिन्

0
1121

मेलबर्न । नेपाली लोक गायनको क्षेत्रमा परिचित नाम हो मञ्जु पौडेल । उनका थुप्रै लोक गीतहरुले उनको लोक गायिकाको परिचय स्थापित भएको छ । साथै मञ्जुको बोल्ने शैली र कलाका कारण कार्यक्रम सञ्चालनमा समेत उनको डिमाण्ड बढ्दो छ ।
अब भने मञ्जु पौडेल आधुनिक गायिकाका रुपमा समेत आउँने तयारी गर्दैछिन् । केही समय अघि नै रेकर्डिङ सकिएको उक्त गीतको हाल धमाधम म्यूजिक भिडियो निर्माणको काम भैरहेको छ । हाल अष्ट्रेलिया भ्रमणमा रहेकी मञ्जुले आफ्नो आधुनिक गीतको म्यूजिक भिडियोको छायांकन पनि अष्ट्रेलियामै गराइरहेकी छिन् । त्यसैले यो म्यूजिक भिडियोमा सिड्नीका विभिन्न स्थानहरुको आकर्षक दृश्य हेर्न पाइने भएको छ ।

manjuभिडियोमा गायिका मञ्जु आफैंले अभिनय गरेकी छिन् भने उनलाई अष्ट्रेलियामै बिएमएस फिल्मस सञ्चालन गर्दै आएका अष्ट्रेलिया निवासी वीरेन्द्र मल्लले साथ दिएका छन् । भिडियोको निर्देशन जीवन रसाईलीले गरेका हुन् । उनी पछिल्लो समय अष्ट्रेलियाका व्यस्त निर्देशक मानिन्छन् ।

manju 1गायिका पौडेलले आफ्नो आउँन लागेको नयाँ गीत बजारमा आएका आफ्ना दोहोरी गीत भन्दा फरक स्वादको रहेको बताएकी छिन् । उनी यसलाई लोक आधुनिक गीत भन्न रुचाउँछिन् । गीतमा अष्ट्रेलियाको मेलबर्न निवासी बिनोद घिमिरेको शब्द र संगीत रहेको छ । यो गीतको मार्केटिङ पनि विएमएस फिल्मसबाटै हुने भएको छ ।

manju 3