मेलबर्नमा नवलपरासीवासीको भेला हुने

0
389

मेलबर्न । अष्ट्रेलियामा विभिन्न उदेश्य बोकेर आएका नवलपरासी जिल्लावासीहरुको पहिलो भेला हुने भएको छ ।

जिल्लावासीहरुबीच एक आपसमा सम्बन्ध विस्तार गरि विदेशमा रहेर पनि जिल्लाका लागि केही योजना बनाउँने उदेश्यले मेलबर्नमा भेला गर्न लागिएको बताइएको छ । भेला आगामी अप्रिल ३ का लागि तय भएको छ । त्यसैले उक्त भेलामा उपस्थित भएर छलफलमा सहभागी भई सर सल्लाह प्रदान गर्न सम्पूर्ण नवलपरासीवासीमा अनुरोध गरिएको छ ।

अप्रिल ३ आइतवारका लागि तय भएको प्रारम्भिक भेलाको स्थान र समय भने पछि तय गरिने बताइएको छ । जलपान सहित हुने वृहत छलफल समारोहमा सहभागी हुन अरुण लम्साललाई,अभिनाश न्यौपानेलाई ६१ ४५०१३९८५० र खिमराज गौतमलाई ०४४९७७१३३१ मा अग्रीम सम्पर्क गर्न अनुरोध गरिएको छ ।