‘बजाउँछ अष्ट्रेलिया’को समापन,मेलबर्नमा करिब एक हजार दर्शकको उपस्थिति

0
381

मेलबर्न । नेप्ले इभेन्टसको आयोजनामा विगत एक महिनादेखि अष्ट्रेलियाका विभिन्न शहरमा आयोजना हुँदै आएको वृहत सांगीतिक टुर बजाउँछ अष्ट्रेलिया सम्पन्न भएको छ ।

आइतवार मेलबर्नमा भव्यताका साथ अन्तिम कार्यक्रमको आयोजना गर्दै बजाउँछ अष्ट्रेलियाको औपचारिक रुपमा समापन गरिएको हो । कार्यक्रममा दर्शकहरुको खचाखच भीड रहेको थियो । आयोजकका अनुसार आइतवारको कन्सर्टमा करिब एक हजार दर्शकको उपस्थिति रहेको थियो ।

उपस्थित दर्शकहरुलाई द एज व्याण्ड र र्यापर यमबुद्धको प्रस्तुतिले निकै नाच्न बाध्य बनाएको थियो । कार्यक्रम ट्र्याक लाउञ्ज वारमा भएको थियो ।

मेगा इभेन्टका रुपमा आयोजना भएको यो कार्यक्रम निकै सफल रहेको नेप्ले इभेन्ट्ले हिमालयन कङ्गारुलाई बतायो ।
यो कार्यक्रमबाट उठेको रकम काठमाडौंमा रहेको मातृभूमि महिला समाजलाई च्यारिटीस्वरुप प्रदान गरिनेछ । उक्त समाजले हाल २० भन्दा बढी अनाथ बाल बालिकाहरुको पालनपोषण गरिरहेको छ ।

नेप्ले इभेन्टस् विगत लामो समयदेखि अष्ट्रेलियामा रहेका नेपाली समुदायमा क्रियाशील रहँदै आएको छ ।