मेलबर्न । नेप्लीज एसोसियसन अफ भिक्टोरिया न्याभको आयोजनामा हुन लागेको न्याभ कम्युनिटी अवार्ड २०१६ को मनोनयन समय थप गरिएको छ ।
धेरैजनाको अनुरोधपछि मनोनयनदर्ताको अन्तिम समय २३ मार्च अर्थात बुधवार मध्यरातसम्म कायम गरेको न्याभले जनाएको छ । बुधवार मध्यरातसम्म विभिन्न विधामा उल्लेखनीय योगदान गरेका व्यक्तिहरुको मनोनयन दर्ता गराउँन सकिने भन्दा मनोनयन दर्ताका लागि समेत न्याभले अनुरोध गरेको छ ।
न्याभले हरेक दुई दुई वर्षमा भिक्टोरियामा रहेका नेपाली समुदायका लागि उल्लेखनीय योगदान पुर्याउँने विभिन्न क्षेत्र र विधाका व्यक्तित्वहरुलाई सम्मान गर्न न्याभ कम्युनिटी अवार्डको आयोजना गर्दै आएको छ ।
यसवर्ष अवार्ड कार्यक्रम अप्रिल ९ मा हुँदैछ ।