ती घृणाका शव्दहरु सुन्न नपरे हुन्थ्यो
जिन्दगीमा पापीलाई चुन्न नपरे हुन्थ्यो
एक मुठी सास बाँकी रहेको बेला
एक घुट्को पानी मलाई कसले देला ?
यो स्वार्थी मायाजाल बुन्न नपरे हुन्थ्यो
जिन्दगीमा पापीलाई चुन्न नपरे हुन्थ्यो
हरिया बाँस तयार छन मलाई उठाउन
मलामीको घुँईचो छ मलाई जलाउन
यो मन्दिर सदाको लागि थुन्न नपरे हुन्थ्यो
जिन्दगीमा पापीलाई चुन्न नपरे हुन्थ्यो
ती घृणाका शव्दहरु सुन्न नपरे हुन्थ्यो ।
–रोशन बाँस्तोला