अष्ट्रेलियामा रहेका नेपाली र अष्ट्रेलियन सेनाबीच भीडन्त हुने पक्का

0
1124

मेलबर्न । अष्ट्रेलियामा रहेका नेपालीहरू र अष्ट्रेलियन सेनाबीच भीडन्त हुने भएको छ । यही मार्च १४ सोमवारका दिन अष्ट्रेलियामा रहेका नेपालीहरूको टिम नेपाल र अष्ट्रेलियन आर्मीबीच मैत्रीपूर्ण क्रिकेट म्याच हुन लागेको हो । ख्रेल्ने भएका छन् ।

आगामी मार्च १४, सोमबार नेपाली टोलीले अष्ट्रेलियन आर्मीसँग विहान ११ बजे प्रतिस्पर्धा गर्नेछ ।

साउथ अष्ट्रेलियन क्रिकेट एसोसिएसनले आयोजना गरेको प्रतियोगिता एडिलेटस्थित पार्क २५, पोर्ट रोडमा हुनेछ । एडिलेड कपको अवसर पारेर आयोजना गरिएको यस प्रतियोगितालाई फ्रेन्डसिप कप २०१६ नाम दिइएको छ ।

नेपाली टिमको कप्तानी पूर्व राष्ट्रिय खेलाडी पारस जोशीले गर्नेछन् । प्रतियोगितामा साउथ अष्ट्रेलियन पुलिस र इन्टरनेशनल विद्यार्थी तथा टिम पाकिस्तान र टिम इन्डियाबीच पनि प्रतिस्पर्धा हुनेछ । दोस्रो फ्रेन्डसिप कपमा विभिन्न सांस्कृतिक कार्यकम पनि हुने जनाइएको छ ।