नयाँ शक्तिको केन्द्रिय परिषद्मा अष्ट्रेलियाबाट शरद खरेल मनोनित

0
319

मेलबर्न । नयाँ शक्तिले विदेशमा रहेका नेपालीहरुलाई पनि समेट्ने क्रममा आफ्नो केन्द्रिय परिषद्मा अष्ट्रेलियाका शरद खरेललाई केन्द्रीय सदस्यका रुपमा मनोनित गरेको छ ।

केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । खरेल यसअघि एनआरएन न्यूसाउथवेल्सको सदस्यका रुपमा काम गरिसकेका व्यक्ति हुन् भने अहिले एनआरएन न्यूसाउथवेल्सको सल्लाहकार छन् । खरेल सिड्नीबाट प्रशारण हुने रेडियो जनादेश र अनलाईन चौतारीका अध्यक्ष समेत हुन् । अष्ट्रेलियामा नयाँ शक्तिको गठनका निम्ति उनले संयोजनकारी भूमिका निर्वाह गरेका थिए ।

बैठकले गरेका अन्य निर्णयहरुबारे जानकारी गराउँदै जारी गरेको विज्ञप्तिमा रातो पृष्ठभूमिमा पाँच कुने तारासहितको झण्डाको पनि टुंगो लगाएको छ ।

स्रोत : एमएन टिभी