सिड्नी र मेलबर्न विश्वका महँगा शहरमा परेनन्

0
874

मेलबर्न । अष्ट्रेलियाका दुई शहर सिड्नी र मेलबर्न विश्वका दश महँगा शहरहरुको लिष्टबाट बाहिरिएको छ ।

पछिल्लो सर्भेमा यी शहरहरुको जीवनशैली तुलनात्मक रुपमा सस्तो हुँदै गएपछि महँगो शहरको लिष्टबाट बाहिरिएको हो । सिंगापुर लगातार तेस्रो पटक विश्वको सबैभन्दा महँगो शहर बन्न सफल भएको छ । अष्ट्रेलियन डलरमा आएको भारी गिरावटका कारण सिड्नी र मेलबर्न महँगो १० शहरबाट बाहिरिएर अहिले २० र २१ औं स्थानमा पुगेका हुन् ।

बेलायतको इकोनोमिष्ट पत्रिकाले हरेक वर्ष विश्वका शहरहरुको जीवनशैलीको आधारमा महँगा शहरहरुको लिष्ट सार्वजनिक गर्दै आएको छ ।