नेप्लीज ईन्टरस्टेट स्पोर्टस मिट यस वर्ष ब्रिसबेनमा हुने

0
357

मार्च ८ भित्र नाम दर्ता गराइसक्नुपर्ने

मेलबर्न । हरेक दुई वर्षमा आयोजना हुँदै आएको नेप्लीज ईन्टरस्टेट स्पोर्टस मिट यस वर्ष ब्रिसबेनमा आयोजना हुने भएको छ ।

विभिन्न खेलकुदका विधामा प्रतिस्पर्धा हुने यस प्रतियोगीता आगामी मार्च २५ देखि २७ तारिखसम्म आयोजना हुने तय भएको छ । यस पटक नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डले यो कार्यक्रम गर्न लागेको हो । तीन दिनसम्म चल्ने कार्यक्रमको अन्तिम दिनमा भने गाला डिनरको समेत आयोजना गरिनेछ ।

यस पटक टेनिस, व्याडमिन्टन, क्रिकेट, टेबल टेनिस र गल्फमा विभिन्न उमेर समूहका प्रतियोगीबीच स्पर्धा हुनेछ । यसका लागि प्रतियोगीहरुले आगामी मार्च ८ तारिखभित्रमा आफ्नो नाम दर्ता गराइसक्नुपर्ने नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डले जनाएको छ । नाम दर्ता गर्नका लागि अष्ट्रेलियाका विभिन्न राज्यका लागि प्रतिनिधि तोकिएको संस्थाले जनाएको छ । जस अनुसार क्वीन्सल्याण्डका लागि हरि खड्का र अभिमन्यु केसी, न्यूसाउथवेल्सका लागि जबिन श्रेष्ठ र विष्णु हमाल, भिक्टोरियाका लागि जोग लिम्बु र मधु पोखरेल, अष्ट्रेलियन क्यापिटल टेरोटोरीकालागि डा. दुर्गा कँडेल, वेष्टर्न अष्ट्रेलियाका लागि दिपक बस्नेत र सुबोध दाहाल, यस्तै नर्दन टेरोटोरीका लागि गणेश अधिकारी, हेम पुन र तास्मनियाका लागि पुनम पन्त तोकिएका छन् ।

अष्ट्रेलियामा रहने नेपाली नेपालीबीचको एकतालाई मजबुत बनाउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिदै आएको छ । यस प्रतियोगीताले खेलकुदको प्रबद्र्धन र स्वस्थ रहन प्रेरित गर्ने विश्वास गरिएको छ ।