अबको कांग्रेस कस्तो ?

0
353

–बुद्धि शर्मा

नेपालको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस १३ औं महाधिवेशनमा होमिरहँदा यस पार्टीले लिनुपर्ने नीति, कार्यक्रम र कार्यशैली सम्वन्धमापनि विभिन्न कोणहरुवाट छलफलहरु भईरहेका छन् । कुनै कालखण्डको जुझारु पार्टी पछिल्लो दुई दशक नीति र व्यवहार दुवैमा चुकेको आरोप लाग्दै आएको छ । मुख्यगरी गतिलो नेतृत्वको अभाव साथै विकासको मामिलामा पार्टी पक्तिं अत्यन्त कमजोर भएको गुनासो सर्वत्र गरिएको छ । १३ औं महाधिवेशन के कारणले फरक हुन आवश्यक छ वहस शुरु भएको छ ।

नेपालको लोकतान्त्रिक इतिहासकै प्रमुख साक्षी र शक्ति हो नेपाली कांग्रेस । नेपालका प्रत्येक महत्वपूर्ण आन्दोलनहरुको नेतृत्व कांग्रेसले गरेको छ । कांग्रेसले मुलुकलाईमात्र लोकतान्त्रिक व्यवस्थामा ढालेन अन्य विचारधाराका पार्टीहरुलाईसमेत लोकतान्त्रिक मुद्याहरुमा सहमत हुन वाध्य बनायो ।

विपी कोईराला, सुर्वण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतको गतिशीलता, आर्दश र मान्यताले यो पार्टीलाई राष्ट्रिय राजनीतिमामात्र नभई अन्र्तराष्ट्रियस्तरमै परिचित गरायो । राणाकाल हुँदै पञ्चायती व्यवस्था ढाल्न संर्घष गरेको पार्टी वि.स. २०४६ सालयताको राजनीतिमा जनताको उत्कट समर्थन हुँदाहुँदैपनि कांग्रेस न त आन्तरिकरुपमा व्यवस्थित हुन सक्यो न त मुलुक सञ्चालनमै सफल रहन सक्यो । कुशासन, भ्रष्ट्राचार, अनियमिता, नातावाद कृपावाद र अराजनीतिक क्रियाकलाप कांग्रेसका २०४६ यताका नेतृत्वहरुले मुलुकभित्र भित्राएका सवैभन्दा खराव
नेपाली कांग्रेसको नेतृत्वकोलागि होडवाजी गरेका अहिलेका नेताहरु सवै नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा आएका हुन् । त्यसकारणले पनि आदर्श भन्दा व्यक्तिगत टकराव बढी छ नेताहरुमा । अर्कोतर्फ नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा देखिएका अहिलेका सवैजसो नेताहरु पार्टीको आन्तरिक राजनीति र राष्ट्रिय जिम्मेवारी दुवैमा त्यति प्रभावकारिता दिन सकेका व्यक्तिहरु होईनन् । त्यसले पनि मुलुककै ठूलो दल कांग्रेसमा पार्टीको वृहत् चाडमा होमीरहँदापनि जनतामा जति उत्साह हुनुपर्ने हो त्यति उत्साह देखिएको छैन ।

कांग्रेसले १३ औं महाधिवेशनमार्फत आफूलाई पुनःगतिशिल बनाउनु जरुरी छ । मुलुकको बदलिदोँ परिस्थिति र अन्तर्राष्ट्रिय घटनाक्रम दुवैलाई मनन गर्दै कांग्रेसले आफुमा चर्को समीक्षा गर्नु जरुरी छ । लोकतान्त्रिक पार्टी भएकोले महाधिवेशनको सन्दर्भमा पार्टीभित्र चर्को लोकतान्त्रिक प्रतिष्पर्धा हुनु स्वभाविकै भएपनि अहिले जस्तो गुट उपगुटको अवस्था बन्द हनु पर्दछ ।

जनताले कांग्रेसको महाधिवेशनवाट यो पार्टी कस्तो बन्ला र व्यावहारिकरुपमा कता जाला भनेर नियालीरहेका छन् । नीति र व्यावहार दुवै मामिलामा पूणरुपमै असफल अहिलेका कांग्रेसका नेताहरुवाट जनताले रुपान्तरण चाहेका छन् । पुरानो कार्यशैली, अस्थिर विचार र अव्यावहारिक चिन्तनलाई चिर्न सक्नु पर्छ यस महाधिवेशनसंगै ।

इतिहासकै कठिन अवस्थामा छ कांग्रेस । नया संविधानको कार्यन्वयन, मुलुकको समृद्धि यात्रा र आमजनताको बढ्दो अपेक्षालाई महाधिवेशन पश्चातको कांग्रेस नेतृत्वले सम्वोधन गर्नुपर्ने वाध्यता छ । नयाँ पुस्तालेसमेत कांग्रेस राजनीतिलाई नजिकवाटै हेरिरहेको सन्दर्भमा नयाँ पुस्तालाई आकर्षित गर्ने कार्यक्रम कांग्रेसले ल्याउन सक्नुपर्छ ।

जे होस् कांग्रेसको १३ औं महाधिवेशनको सन्दर्भमा जनअपेक्षा भनेको यो पार्टी मुलुक र जनताप्रति व्यावहारिकरुपमै जिम्मेवार बनोस् भन्ने हो । नयाँ विचार र तौरतरिकासहितको कांग्रेस सवैको चाहना र अपेक्षा हो ।