नारी निकुन्ज अष्ट्रेलियाले ‘वन डलर अफ मन्थ’ प्रोजेक्ट सुरु गर्ने

0
369

मेलबर्न । एनआर्एनए वमन फोरम नारी निकुन्ज अष्ट्रेलियाले ‘वन डलर अफ मन्थ’ प्रोजेक्ट सुरु गर्ने भएको छ ।

अन्तरास्ट्रिय महिला दिवसको अवसर पारेर सस्थाले उक्त प्रोजेक्ट सुरु गर्ने निर्णय गरेको हो । ‘डलर अफ मन्थ’ प्रोजेक्ट नेपाली समुदाय लगायत अन्य समुदायका ब्यक्ती लाई पनि समाबेश गर्ने उदेश्य नारी निकुन्जले राखेको छ ।

नारी निकुन्जले मार्च ६ मा आयोजना गर्न लागेको ‘गाला डिनर तथा अन्तक्रिया’ कार्यक्रमको दिन उक्त प्रोजेक्ट लन्च गरेर अधिकारिक रुपमा सूचारु गर्ने नारी निकुन्ज अष्ट्रेलियाकी संयोजक सृजना संग्रौलाले जानकारी दिनुभयो ।
हरेक महिना नारी निकुन्जले वन डलर सन्कलन गर्ने भएको छ । र हरेक महिना इक्षुक परोपकारी मन हरुले निकुन्जको खातामा परोपकारी काममा सहयोग गर्नको लागि वन डलर जम्मा गर्न सक्नु हुनेछ । नारी निकुन्जले उक्त प्रोजेक्टमा सहयोगी ब्यक्ती हरुको नामावली पनि निकुन्जको वेबसाईटमा समाबेश गर्ने छ ।

नारी निकुन्जले परोपकारी कार्य लाई निरन्तरता दिन र भाबी प्रोजेक्ट हरु सन्चालनमा ल्याउनको लागी आर्थिक पक्ष सबल पार्न उक्त पारीयोजना लागु गर्ने भएको हो ।

डलर अफ मन्थ प्रोजेक्टबाट नारी निकुन्जले महिनाको करिब ४१ हजार संकलन गरिने लक्ष्य लिएको छ । उक्त कार्यलाई निरन्तरता दिन र सहयोग गर्न सम्पूर्ण महानुभाबहरुलाई निकुन्जले अनुरोध पनि गरेको छ ।

Photo : File