न्याभ एक्सिलेन्स अवार्डको मिति तय,मनोनयनका लागि दरखास्त आह्वान

0
380

मेलबर्न । भिक्टोरियावासी नेपाली समुदाय मध्ये उल्लेख्य योगदान पुर्याउँनेहरुलाई दुई दुई वर्षमा प्रदान गर्दै आएको न्याभ एक्सिलेन्स अवार्ड यो वर्ष पनि हुने भएको छ ।

नेप्लीज एसोसियसन अफ भिक्टोरियाले आयोजना गर्ने यो अवार्डका लागि विभिन्न विधाका योग्य व्यक्तिहरुबाट अवार्डका लागि मनोनयन दर्खास्त आह्वान गरिएको छ । मनोनयन दरखास्त फाराम आगामी मार्च २० आइतवारका दिन सम्म खुल्ला रहने बताइएको छ । न्याभले हरेक वर्ष विभिन्न पाँच विधामा विशिष्ट योगदान पुर्याउँनेहरुलाई एक्सिलेन्स अवार्डबाट सम्मानित गर्दै आएको छ ।

जस अन्तर्गत भाषा,कला र संस्कृति विधा,पेशागत अथवा प्राज्ञिक विधा,नेतृत्व अथवा सहजीकरण विधामा यो अवार्ड प्रदान गरिदै आएको छ ।

यस्तै समुदायका लागि विशिष्ट योगदान गर्ने एकजनालाई न्याभ कमेन्डेबल सर्भिस टु नेपाली कम्युनिटी अवार्डबाट सम्मनित गरिनेछ भने युवाहरुको तर्फ योङ एचिभर्स अवार्ड प्रदान गरिनेछ । अवार्ड समारोह भने आगामी अप्रिल १६ तारिखमा मेलबर्नमा आयोजना गरिनेछ ।

Printन्याभले पुरस्कृत व्यक्तिहरुको छनोट गरी मनोनयन गर्न सात सदस्यीय न्याभ अवार्ड कमिटि पनि गठन गरेको छ । रञ्जन वैद्यको अध्यक्षतामा गठित समितिमा डा राजु अधिकारी,डा दीपकराज पन्त,बम योञ्जन,ऋषि कँडेल,दीपा राई र सुनिल भण्डारी सदस्य रहेका छन् ।

विस्तृत जानकारीका लागि यो लिंकमा जानुहोला :

NAV Excellence Awards 2016