भिक्टोरियामा रहेका नेपाली इन्जिनियरहरुको कार्यशाला सम्पन्न

0
541

मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका नेपाली ईन्जिनियरहरुको संस्था नेप्लीज ईन्जिनियर्स ईन भिक्टोरियाले एक कार्यशाला सम्पन्न गरेको छ ।

मुख्यतः ईन्जिनियरिंग पेशामा रहेकाहरुको अनुभव आदान प्रदानका साथै यस क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने विषयमा कार्यशालामा जानकारी उपलब्ध गराइएको थियो । धेरैलाई जानकारी नहुन सक्छ एनआरएनका अध्यक्ष शेष घले पनि ईन्जिनियर हुन् । कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष घले नै थिए । अतिथि वक्ताको रुपमा बोल्दै अध्यक्ष घलेले आफ्नो नेपालमा ईन्जिनियर हुँदाको अनुभव, अष्ट्रेलियामा आइसकेपछि गर्नुपरेका विभिन्न कार्यहरु र पेशागत उतारचढावका विषयमा बोल्नुभएको थियो ।

3 स्थानीय डारेविन ईन्टरकल्चरल सेन्टरमा आयोजना गरिएको कार्यक्रममा श्री पन्त, जोग लिम्बु, दिपक जोशी, हरिश कार्की, रञ्जन बैद्य, मधुसुधन पोखरेल, सुरेश हाडा, दिवाकर बस्नेत, दशरथ न्यौपाने, सुनिल भण्डारी, लगायतले आफ्नो अनुभव यस क्षेत्रमा आएका नयाँ ईन्जिनियरहरुलाई सुनाउनुभएको थियो । उहाँहरुले अष्ट्रेलियामा ईन्जिनियर पेशा र अवसरहरु, नेपाली ईन्जिनियरहरुलाई कार्यस्थलमा आइपर्ने चुनौतीहरु र पेशागत सफलताका सूत्रहरुका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागी करिब ८० जना ईन्जिनियरहरुले अष्ट्रेलियाको बजारमा आफ्नो करिअर अघि बढाउन र थप परिमार्जन गर्न कार्यशाला महत्वपूर्ण रहेको र आफ्नो समूदायका अग्रजहरुलाई चिन्न, आफ्ना लागि सहयोग प्राप्त गर्न पाउँदा निकै खुशी लागेको बताएका थिए ।

कार्यक्रमका संयोजक हरि पाण्डेका अनुसार कार्यशालाको क्रममा वरिष्ठ नेपाली ईन्जिनियरहरुले नवआगन्तुकहरुलाई प्रत्यक्ष रुपमा सल्लाह र सुझावहरु पनि दिएका थिए भने आगामी दिनमा समेत उनीहरुको पेशागत समस्याहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

स्रोत : एमएन टिभी