च्याम्पियन नेपाली टोलीलाई सिड्नीबाट पुरस्कारको घोषणा

0
611

सिड्नी । भारतमा सम्पन्न १२ औं साग फुटबलका उपाधि विजेता नेपाली टोलीलाई अष्ट्रेलियाको सिडनीमा अवस्थित नेप्लीज अष्ट्रेलियन युथ एशोसियसन (नया) एकलाख रुपैयाँ दिने घोषणा गरेको छ ।

संस्थागत रुपमा कम्तीमा एक लाख दिने निर्णय गरेको जनाउँदै नयाले एक लाखभन्दा बढि नै रकम दिनेबारे योजना समेत बनाइरहेको अध्यक्ष कोमल पाठकले बताए । यसअघि नेपाली क्रिकेट टोलीका कप्तान पारसलाई अष्ट्रेलिया बोलाएर सम्मान गरेको नयाले च्याम्पियन नेपाली टोलीको अष्ट्रेलियामा मैत्रीपूर्ण खेलको आयोजना गर्नेबारे समेत योजना बनाइरहेको बताइएको छ ।

नयाले मंगलबारनै सिड्नी भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल संघका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले भेटेर बधाइ दिएको छ । नयाले श्रेष्ठको आगमनमा फुटबलले नयाँ बाटो पहिल्याएको भन्दै बधाई दिएको हो । सोही भेटघाटमा नयाका बोर्ड अफ डाइरेक्टर भुपाल सिटौलाले नेपाली फुटबल टोलीको सम्मानमा आफुहरु लागिपरेको र उनिहरुलाई अष्ट्रेलिया ल्याउन आफुहरुले पहल गर्ने जानकारी गराए । यो जित नेपाल र नेपालीको मात्र नभई नेपाली मुलका प्रवासीहरुको पनि भएकोले उनिहरुलाई विश्वमा छरिएका सबै नेपालीहरुले सम्मान गर्नु पर्ने सिटौलाले बताए ।