नेपालीको शीर उचो पार्ने नवयुगलाई सलाम !

0
745

–मनोज पौडेल ।

यो नेपाली शीर उचाली संसारमा लम्कन्छ
जूनकिरीझै ज्योति बाली संसारमा चम्किन्छ ।

मोबाईलको घन्टीसँगै उग्रीएका मेरा आँखा सबै भन्दा पहिला मोबाईमा गयो अनि फेसबुक खोले।फेसबुकको न्युज फिड भरि बधाई र शुभकामना नेपाली खेलाडीलाई दिएको देखें।मन फुलेर फेवाताल जत्रो भयो शिर सगरमाथाको उचाईमा पुगेको भान भयो। आज म लगाएत तिन करोड नेपालीको शीर उच्च भएको छ,हरेक नेपालीलाई नेपाली हुनुमा गर्व भएको छ। खेल भने पछि जित हार हुनु स्वभावीक हो।कहिले जितिन्छ त कहिले हारीन्छ।

नेपालको बर्तमान परिस्थीती भुकम्पले आक्रान्त भएको समय अनि त्यस पछि भारतले गरेको नाकाबन्दीले अाक्रोसीत नेपाली जनमानस भारतको आफ्नै भूमीमा २३बर्षको अन्तराल पछि कुनै अन्तरास्ट्रिय पदक त्यो पनि फुटबलमा प्रतीद्वन्दी स्वयं भारतलाई हराउँदा मेरो लागि बिश्वकप जिते जस्तो भएको छ। हो हामी नेपाली लाचार छौं। देसको राजनैतीक घटनाक्रमहरुले हाम्रो देसको बिकास जसरी हुनु पर्ने हो त्यो रफ्तारमा भएको छैन र जून सन्धी हाम्रा पूर्खाले गरे त्यसको फल आज हामी भोगी रहेका छौं तर देशको स्वाभीमान् माथि अाँच आउने काम कोही कसैले गरेनौ। बरु खुकुरी र पानीको भरमा अङ्ग्रेजसँग लढ्यौ तर कधापी उनीहरु माथी शीर झुकाएनौं। अरुको गुलामी कहिल्यै भएनौ। आजको जित नेपालीको स्वाभीमान र रास्ट्रियताको जित हो।

जब सम्म खेलकूद भित्रका धमीराहरु हाम्रो देशको खेलकुदमा हावी भएका थिए जसले आफ्नो आमालाई बन्दकीमा राखेर बिदेशी डलर र भोकविलाशीताको लागि खेलाडीसँगको मिलेमतोमा विभिन्न खेलहरु हार्न अभीप्रेरीत गर्थे।यस्ताहरु निमीट्यान्न भएपछि नेपालमा नभयुगहरुको जन्म भयो अनि हरेक नेपालीमा खुसीका बहारहरु देखीन थाल्यो। म गर्व साथ छातीमा हात राखेर भन्न सक्छु हामी कमजोर छैन हाम्रो देश कमजोर छैन अनि हाम्रा खेलाडी पनि कम्जोर होईनन्।कम्जोर त केवल राजनीति हो,नीतिनियम र एेनकानुन हो अनि हाम्रो मानसीकता हो। जब सम्म देशको कानून कडा बन्न सक्तैन देशको स्वाभीमान माथि आँच ल्याउने फेरी अर्का थापाहरु जन्मीरहन्छन् र देशलाई बन्धक बनाई रहन्छन्। फेरी पनि बधाई छ नेपाली खेलाडी अनि नेपालीहरुलाई अनि खेलको मैदानमा कसैले कोही कसैलाई नाकाबन्दी लगाउन सक्दैन भन्ने कुरालाई नेपाली खेलाडीहरुले प्रमाणित गरिदिएका छन्।