सिड्नीमा कवि नवराज कार्कीले दर्शकलाई हँसाउँदै भावुक बनाए

0
328

मेलबर्न । अग्रज कवि तथा गीतकार नवराज कार्कीको एकल कविता वाचन अष्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ ।

प्रणय दिवसको सन्दर्भ पारेर अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्सले आयोजना गरेको कार्यक्रममा कवि कार्कीले हाँस्य व्यङ्य,प्रेम,देशप्रति समर्पित कविता,मुक्तक र विभिन्न रचनाहरुबाट जोडदार प्रस्तुति राख्नुभएको थियो । त्यसक्रममा उहाँले करि दुई दर्जन काव्य रचनाहरु प्रस्तुत गर्नुभएको थियो । करिब डेढ घण्टासम्म चलेको कार्यक्रममा उपस्थित दर्शकहरुले भरपुर साहित्यिक मनोरन्जन लिएका थिए । विशेष गरी ‘घुर्ने साथी’, ‘म्वाइ’ जस्ता हाँस्य कविताले दर्शकहरुलाई खूब हँसाएको थियो भने ‘एकदिन एक्लै हुँदा’ लगायकता गम्भीर कविताले दर्शकलाई भावुक बनाएको थियो ।

anesaकार्यक्रममा नेपालबाट आउनुभएका बरिष्ठ कथाकार विश्वम्भर चंचलले कवि नवराज कार्कीलाई खादा ओडाएर सम्मान गर्नु भएको थियो । त्यसक्रममा उहाँले अनेसासले शुरु गरेको सर्जकहरूलाई सम्मान दिने परम्परा नेपाली साहित्यकै लागि एक आयाम बनेको बताउनुभयो ।

कार्यक्रममा फिजीकालागि नेपाली साँकृतिक दूत तथा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटाले कवि कार्कीको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सिड्नीमा रहेका कवि,साहित्यकारका साथै अष्ट्रेलियामा रहेका नेपाली समुदायका अगुवाहरु,नेपालबाट आएका नेपाली अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तस्वीर : असनेपाल