अलबिदा शुशीलदा !

0
705

मनोज पौडेल ।

उनी जन्मेको जिल्ला र मेरो जिल्ला एउटै हो मोरङ् । मेरो बाबाको जागीर धनकुटाको हिलेमा भएकोले हामी मामाघर हिलेमा बस्थ्यौ र मेरो पढाई पनि त्यही भएको थियो । मेरो मावाली काँग्रेस भएकोले होला प्राय घरमा काँग्रेसकै कुरा हुन्थ्यो । त्यही बेला गिरिजाबाबु र शुशीलदाको खुब बखानहरु सुन्ने मौका मिलेको थियो मलाई । कोईराला परिवारको ठुलै दख्खल रहेछ भनेर मैले अलिक बुझ्ने भएपछि थाहा पाएँ । बुवा एमाले समर्पीत अनि आमा सूर्यबहादुर थापासँग नजिक र सामाजिक कार्यमा पनि सक्रिय हुनु भएकोले मैले बिभिन्न नेताहरुलाई नजिकबाट हेर्ने र भट्ने मौका पाएको छु । हुन त म कुनै पार्टीमा छैनँ र हालसम्म भोट पनि हालेको छैन । तर घर परिवारको राजनैतिक माहोलले गर्दा राजनीतिका केही कुरा सुनेको अनि बुझेको छु ।
कहिले काँही बिरामी परेर वा घर जाँदा रिक्सामा ममिले शुशील कोईरालाको घर यहि हो भन्नु हुन्थ्यो । नेपालको झन्डा फर्फराएको हुन्थ्यो अनि मान्छेहरुको चहलपहल हुन्थ्यो । म ममिलाई प्रश्न गर्थे–के को भिड हो ममि ? ममि भन्नु हुन्थ्यो–यी नेताका कार्यकर्ता हुन् । विभिन्न मान्छेहरु आउँछन् यहाँ कोही सहयोग गरिदऊ भन्दै आउँछन्,कोही भन्सुन माग्न आउँछन् त कोही सरुवा अनि बढुवाका लागि आउँछन् । ममीको कुरा नबुझेर म मन मनै के भन्नुभएको होला भन्थें तर पछि बिस्तारै बझ्ने भएँ ।

एक दिन गाउँका एक जना नजिकका मामा पर्ने बिरामी भए । उनको आर्थिक स्तर नाजुक थियो । अलिक हर्ताकर्ता र टाठो बाठो मेरो ममी हुनुहुन्थ्यो । बिरामी मामालाई लिएर मोरङको विराटनगर अस्पताल लिएर ममिनै जानुभयो । खर्च धेरै हुने भएकोले गाबिसको सिफारीस लिएर ममि शुसील दाको निबासमा जानुभयो । उहाँको स्वकिय सचिबलाई भेटेर सम्पूर्ण हस्पीटलको खर्च मिनाहा गरिदिनुभयो ।

घरमा राजनैतिक माहोलले होला पछि शुशील दाकोबारे केहि जानकारी लिने मोका पाएँ । कोईराला परिवारको नेपालको राजनीतिमा ठूलै प्रगढ रहेको छ । वि.पी कोईरालादेखि मातृकाप्रसाद कोईराला अनि अहिले शुशील कोईराला जसले नेपालको राजनीतिमा ठुलै उथलपुथल ल्याए । ७ सालको प्रजातन्त्र त मैले पढेर थाहा पाएँ,त्यसपछिका बिभिन्न राजनीतिक परिवर्तन अनि ४६ सालको जनआन्दोलनको पनि त्यति हेक्कै छैन मलाई । तर ६२–६३ को जन आन्दोलनमा गिरिजाप्रसाद कोईराला र शुशील कोईरालाको प्रमुख भूमिका रहेको भने मलाई अहिले पनि ताजा भएर मेरो मानसपटलमा घुमिरहेको छ। नेपालमा जति पनि परिबर्तनहरु भए,त्यसमा कोईराला परिवारले मूल भूमिका खेल्दै आएको मैले पढेको अनि देखेको र भोगेको छु । देशमा प्रजातन्त्र आयो,बहुदल आयो माओवबादी आन्दोलन भयो,हजारौ नेपाली सहिद भए र राजतन्त्रको अवशानसम्म भयो । ६२–६३ मा जन आन्दोलन भयो अनि सम्बिधान सभा पनि भयो ।

यी हरेक कालखण्डमा शुशील कोईरालाको उल्लेखनीय योगदान रह्यो अनि अन्त्यमा देशको लागि पहिलो पटक जनताले आफ्ना लागि आफैंले लेखेको संविधान पनि उनकै प्रधानमन्त्री र नेतृत्वको सरकारको पालामा घोषणा भयो । यसरी जनतालाई उसले खोजेको संविधान सुम्पेर सुशील दा अन्ततः हामीबाट सँधैका लागि अस्ताएर गएका छन् । अलविदा शुशीलदा ।

-मेलबर्न,अष्ट्रेलिया ।